दश प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पताललाई कारबाही  : मन्त्री बस्नेत 

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८०
Mohan Bahadur Basnet
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत नि:शुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ ।
नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ नि:शुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत नि:शुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  मन्त्री बस्नेतले  विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा नि:शुल्क उपचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालहरूले विपन्नलाई नि:शुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ ।
“अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई नि:शुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौँ । यदि ति अस्पतालले नि:शुल्क उपचार नगरेको पाइएकामा कारबाही गछौँ”, उहाँले भन्नुभयो । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताउनुभयो ।
रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताउनुभयो ।  सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिनुभयो । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

  • लोकगायिका पवित्रालाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    लमजुङ । लोक तथा दोहोरी गायिका पवित्रा थापा रानालाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको…
  • ‘नेपाल हेर्न जाऊँ’ लोकार्पण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । संगीतकार बिपी वाग्लेद्वारा संगीतवद्ध पर्यटन प्रवद्र्धनसम्बन्धी ‘नेपाल हेर्न जाऊँ’ बोलको बालगीत तथा भिडियो लोकार्पण भएको छ । नेपाली…
  • काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    काठमाडौं । १५ औं काठमाडौं म्याराथनका लागि इनड्राइभसले सहकार्य गरेको छ । २७ असोजमा दशरथ रंगशालामा सुरु हुने म्याराथनमा सहभागीले…
  • हेमजा गोल्डकप विजेतालाई ६ लाख

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । हेमजामा आगामी कात्तिक ११ देखि १८ गतेसम्म हुन लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप विजेता समूहले ६ लाख ५५…
  • सिद्ध फलेपाटन सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा १५, ढुुंगसाँधुस्थित फलेपाटन चोकमा रहेको सिद्ध फलेपाटन बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा भयो । राष्ट्रिय…

hero news full width