पोखरा । गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ सालदेखि अविच्छिन्न रुपमा सञ्चालन गर्दै आइरहेको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा सम्पन्न भयो ।
सिर्जनशील व्यावसायिक किसान समूह, पोखरा–२१ भीरस्वाँराको स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा पोखरा र आसपासका क्षेत्रबाट स्थानीय लाम्पोखरीको नजिकै महादेवको मन्दिरको प्रांगणमा कार्यक्रम गरिएको थियो ।
सिर्जनशील व्यावसायिक किसान समूह तथा कौसीबारी करेसाबारी फलफूल एवं तरकारी उत्पादनसँग सम्बन्धित अभियन्ता किसानहरू, संगठनका पदाधिकारी एवं स्थानीय किसानको उपस्थितिमा सञ्चालित कार्यक्रममा कौसी खेतीका अभियन्ता नारायण अधिकारीले आफू कौसी खेतीमा प्रतिबद्ध भएकाले नै काठमाडौंबाट आइपुगेको बताउँदै काव्यवाचन गरे ।
कृषि कार्यालयका प्रतिनिधि मनहर कडरियाले किसानहरूको भलाइका लागि सक्दो सहयोग गर्ने बताए । नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, अम्बिकाप्रसाद भट्टराई, भावना रानाभाट, शिवहरि बास्तोला, शिव त्रिपाठी, कृष्ण सुवेदी, भरत आचार्य, सीता बराल, सिर्जना ढकाल, अनिता दाहाल, शुभ शर्मा, जिज्ञासु सापकोटा, सुजीत चौधरी, विजय अधिकारी, लाल कार्की ‘अन्जान’, लेखनाथ खनाल, मनोज विक’ भावुक’, सुरज उपाध्याय, सबिता बराल, रमा खतिवडा, अमृता पोख्रेल, विश्व अधिकारी, भेषराज पौडेललगायतले कविता, मुक्तक, गजल र गीत प्रस्तुत गरेका थिए ।
सिर्जनशील व्यवसायिक कृषि समूहका तर्फबाट विजय पौडेलले स्वागत गरेको उक्त कार्यक्रमलाई आर्थिक एवं नैतिक सहयोग गर्ने हाल अमेरिकामा कार्यरत यम पौडेलले पठाएको शुभकामना तथा कविता पनि वाचन गरिएको थियो । गजल सन्ध्याका अध्यक्ष वसन्त विनोद र समूहका अध्यक्ष माधव पौडेलको संयुक्त अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गजल सन्ध्याका सचिव रुपक र सिर्जनशील व्यावसायिक कृषि समूहका तर्फबाट विजय पौडेलले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘नेपाल हेर्न जाऊँ’ लोकार्पण
समता काव्य सन्ध्याको ३६१ औं शृंखला
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
निवन्धमा सत्यवती प्रथम
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०