प्रेस चौतारी कास्कीको ११ बुँदे पोखरा घोषणापत्र

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
press chautari

पोखरा। प्रेस चौतारी नेपाल कास्कीको २५ औं साधारणसभाले ‘११ बुँदे पोखरा घोषणापत्र’ जारी गरेको छ । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा पूर्ण समर्थन गर्दै अक्षरसः पालना गर्न चौतारीले जोडदार माग गरेको छ ।

यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसँग आग्रह गरेको छ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि वृद्धि हुने गरी ल्याएको पत्रकारको न्युनतम पारिश्रमिक कडाइका साथ कार्यान्वयन गर्न चौतारीले माग गरेको छ ।

श्रमजीवी पत्रकाररुले नियमित श्रमको उचित मूल्य नपाएको र विभिन्न बहानामा पत्रकार कर्मचारीहरु हटाउने योजनाहरु सार्वजनिक भइरहेको हुँदा प्रेस चौतारी नेपालको यस विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । मौजुदा पत्रकार कर्मचारीलाई न्युनतम नियमित र दीर्घकालीन रुपमा पारिश्रमिक उपलब्ध गराउन सबै सञ्चार माध्ययमसमक्ष माग पनि गरेको छ ।

अर्थ मन्त्रालयले बजेट नदिएका कारण जेठ १५ देखि विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने भनी सञ्चार माध्ययमलाई पत्राचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्थ मन्त्रालयलाई तुरुन्त बजेट उपलब्ध गराउन र आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई आस्थाको आधारमा गरिएको विभेद र अन्यायप्रति ध्यानाकर्षण गराएको छ ।

साना लगानीका सञ्चारमाध्यम धराशायी बन्दै गएको अवस्थामा यसलाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विषेश योजना र बजेटको व्यवस्था गर्न माग पनि गरेको छ ।

आमसञ्चार क्षेत्रमा नयाँ प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा प्रविधिको विकाससँगै नयाँ प्रतिभाहरुलाई प्रेस चौतारी नेपालमा संगठित गरी प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरुको अग्रणी संगठनको रुपमा लैजाने दृढ संकल्प र प्रण गरेको चौतारीले गरेको छ ।

गहिरिँदै गएको आर्थिक संकट समाधान गर्न सरकार गम्भीर नदेखिँदा पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेकाले पोखरासहित देशभरका पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि विषेश प्याकेज ल्याउन माग गरिएको छ ।
चौतारीका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । सदस्यमा आश गुरुङ, रोशनी गुरुङ, कमल सुवेदी र खिमा गुरुङ थिए ।
साधारणसभाको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।…
  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन्…
  • फेदीखोलामा ‘नवीन राप्रपा’

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘नवीन राप्रपा’ अभियान स्याङ्जाको फेदीखोला गाउँपालिकामा सुरुआत गरिएको छ । सोही अनुसार शनिबार फेदीखोलामा राप्रपाको विस्तारित…
  • ‘दोष संविधानको हैन, सरकारको’

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । लामो रस्साकस्सीपछि संविधानसभाबाट संविधान बन्यो । संविधान कार्यान्वयन भएको पनि ८ वर्ष पूरा भयो । नागरिकका हक सुरक्षित…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…

hero news full width