पोखरा । ‘शिक्षा शिक्षा शिक्षा’ अभियानको पहलमा फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीको आयोजनामा कुँडहर आधारभूत विद्यालय परिसरमा विभिन्न फूलका बिरूवा राेपिएकाे छ ।
साेमबार प्रमुख अतिथि पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले ब्यानरमा हस्ताक्षर गर्नुका सार्थ वृक्षरोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा विद्यालय परिसरमा विभिन्न प्रकारका २ सय ५० भन्दा बढी बिरुवा रोपिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायत वृक्षरोपणमा सहभागी थिए ।
विद्यालय प्रधानाध्यापक नन्दकिशोर बरालले स्वागत र शिक्षक सोम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीका दिलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता तिमिल्सिना पनि उपस्थित थिइन् ।
फूल रोप्ने क्यारी निर्माणका लागि लोटस ट्रेनिङ इन्स्टिच्युट प्रालि र टास्क फोर्स ट्रेनिङ इन्स्टिच्युट प्रालिले १०/१० हजार सहयोग गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
हिमालय माविमा श्यामप्रसाद
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१