हंसपुर थुम्की पोखरा समाजमा प्रकाश

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
thumki

पोखरा । हंसपुर थुम्की पोखरा सम्पर्क समाजको नवौं अधिवेशन तथा १८ आंै साधारण सभाबाट प्रकाश केसीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । समाजको उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा विकाश खनाल, सहसचिवमा विष्णुहरि ढकाल र कोषध्यक्षमा सरस्वती पौडेल निर्वाचित भए । सदस्यमा भेषराज न्यौपाने, विष्णुप्रसाद सुवेदी, बेलबहादुर गुरुङ, कविराज सुवेदी, सम्झना कट्टेल र जनकराज सुवेदी छन् ।

अधिवेशनको उद्घाटन गाउँपालिकका अध्यक्ष नवराज ओझाले गरेका थिए । ओझाले समाजले पोखरामा रहेका समाजका सदस्यबीच सुख दुखमा एकाकार हुँदै रुपा गाउँपालिका कठीन अवस्थामा रहेका मानिसलाई सहयोग गर्ने गरेको ताए ।

कार्यक्रममा हंपसुर थुम्की पोखरा सम्पर्क समाजका सल्लाहाकार नवराज सुवेदीले समाज सुख दुखको साहारा भएको बताए । यस वर्ष समाजको आफ्नै भवन निर्माण गर्नुपर्ने बताउँदै उनले यस काममा सहयोग गर्न पनि अनुरोध गरे । सल्लाहाकार रविनबाबु पौडेलले समाज स्थापनाको विगतलाई स्मरण गर्दै समाजले नै एक आपसमा जोड्ने कार्य गरेको बताए ।

समाजका अध्यक्ष प्रकाश केसीको सभापतित्वमा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष क्या. हर्कबहादुर गोदार, पूर्वअध्यक्ष धनेश्वर सुवेदी, संस्थापक वयानबहादुर गोदार, पूर्व सचिव वृहस्पति अधिकारी, रुपा गाउँपालिका वडा नं ७ का पूर्व अध्यक्ष दयासागर सुवेदी, आवीजन सदस्य केशवराज भट्टराई, समाजका सचिव सुदर्शन पौडेल र सहसचिव सरस्वती पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…
  • पोखरेली ब्यान्ड पुनर्जागित हुँदै

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा पचासको दशकमा ब्यान्डहरुको जगजगी थियो । तर, अहिले समयक्रमअनुसार अधिकांश सुस्ताए । लामो समय सुस्ताएको पोखरेली ब्यान्ड…
  • गुप्तेश्वर गुफामा पर्यटकको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । विश्व पर्यटन दिवस २०२३ अवसरमा पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै…
  • पर्यटन दिवसमा पोखराभरि कार्यक्रम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखराले ४४ औं विश्व पर्यटन दिवस भव्य कार्यक्रमका साथ मनाएको छ । पर्यटनसम्बद्ध यहाँका विभिन्न संघसंस्थाहरुले छुट्टाछुट्टै इभेन्टको…
  • डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखराको मनिपाल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछिको विवादले चर्को रुप लिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ६…

hero news full width