जनप्रियका विद्यार्थीसँग पोखरा न्यायिक समिति

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
nayik

पोखरा । जनप्रिय माविका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । गण्डकी प्रेस क्लबको समन्वयमा महानगरले विद्यार्थीसँग न्यायिक अन्तक्र्रिया तथा प्रशिक्षण गरेको हो ।

पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी लिइसकेपछि परिवारका सदस्यलाई यसको महत्वबारे सुझाउन आग्रह गरिन् । कानुन सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका लागि महत्वपूर्ण हुने उनले बताइन् ।

गण्डकी प्रेस क्लबका अध्यक्ष एकराज गिरीले नयाँ विषयवस्तु भएकाले सबैले बुझ्न आवश्यक रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल र प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले विद्यार्थीलाई न्यायसम्बन्धी अन्तक्र्रिया कार्यक्रम लिएर आएकोमा खुसी व्यक्त गरे ।

पोखरा महानगर न्यायिक समिति सदस्य कालीदास पोखरेल, भावना श्रेष्ठ, राममणि अधिकारी अभिलेख संरक्षक, मेलमिलाप सहजकर्ता सोम लम्सालले विद्यार्थीसँग प्रशिक्षण र अन्तक्र्रिया गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width