‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
khelchha

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ ।

परिषदको आव २०७९/०८० का लागि ‘खेल्छ गण्डकी’ मार्फत् विनियोजित रकमलाई गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी उत्पादन गर्ने कार्यक्रमलाई अघि सारेको हो । सो कार्यक्रम मार्फत् पहिलो चरणमा हालै एसइई दिएर बसेका गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ट्यालेन्टहन्ट मार्फत् ४० जना खेलाडी छनौट गरिने सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ती ४० जना मध्येबाट १० दिनको बन्द प्रशिक्षणमार्फत् अन्तिम १४ जना खेलाडीको छनौट गरी प्रारम्भिक चरणमा २ वर्षका लागि अध्ययनसहितको सुविधामा पोखरामा भलिबल प्रशिक्षण प्रदान गरिने भएको छ ।

उक्त कार्यक्रमलाई मुर्तरुप दिन गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार विभिन्न संघरसंस्था तथा सरोकारवालासँग छलफल समेत गरेको छ । सो भेलाले सदस्य सचिव श्रीधर शर्माको संयोजकत्वमा एक परियोजना सञ्चालन समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा खगेन्द्र क्षेत्री छन् भने सदस्यमा परिषदका सदस्यद्वय केशव पाठक, शुभकन्या गुरुङ छन् । कार्यक्रमलाई थप व्यवस्थित गर्न संस्थागत रुपमा पोखरा उद्योग वाणिज्य संघ, गण्डकी प्रदेश भलिबल संघ, हिसान, प्याब्सन, एन प्याब्सन, युनिप्स कास्की, नेपाल भूतपूर्व खेलाडी मञ्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की, गण्डकी विश्वविद्यालय र टाइगर ग्रुप अफ पोखरा नेपाल सदस्यको रुपमा छन् ।

त्यसै गरी सो परियोजनाको अनुगमनका लागि परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको छ । जसको सदस्यमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, परिषदका कार्यकारी सदस्यहरु दिलबहादुर गुरुङ, ऋषि गौतम र तारामाया थापा मगर, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख नीलकण्ठ ढकाल छन् ।

गठित समितिले खेल्छ गण्डकी कार्यक्रमको कार्ययोजना तयार गर्ने, बजेट खर्चको व्यवस्थापन, प्रायोजकहरुको खोजी र बालिकाहरु अध्ययन गर्ने विद्यालयको व्यवस्थापन गर्ने गरी तय गरिएको जनाएको छ । कार्यक्रम अनुसार यहि जेठ २९ गते जिल्लाबाट छनौट भएका खेलाडीहरु पोखरा आउने छन् भने ३० गतेबाट पोखरामा प्रशिक्षणको सुरुवात गरिने कार्यक्रम रहेको परिषदले जनाएको छ । असार ७ गते सो प्रशिक्षण समापन गरी अन्तिम १४ जना खेलाडीहरुको नाम घोषणा गरीने कार्यक्रम समेत तय भएको सदस्य सचिव शर्माले जनाएका छन् ।

खेल्छ गण्डकी कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले पुन: निरन्तरता समेत दिएको छ । आइतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताए । यो कार्यक्रम मार्फत गण्डकी प्रदेशमा खेलाडी उत्पादन, छनौट र प्रशिक्षण सम्वन्धि योजनालाई अघि बढाउने योजना लाई अघि सारिएको उल्लेख समेत गरे ।

Related News

सम्बन्धित समाचार

  • हेमजा गोल्डकप विजेतालाई ६ लाख

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । हेमजामा आगामी कात्तिक ११ देखि १८ गतेसम्म हुन लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप विजेता समूहले ६ लाख ५५…
  • १९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    हाङझाउ (चीन) । १९ औं एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म २ सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा…
  • पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा, ५ असोज । प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिवको जिम्मेवारी पत्रकार केशव पाठकले पाएका छन् । सदस्यसचिव श्रीधर शर्मा…
  • राइनास–५ लाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    लमजुङ । जिल्लास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि राइनास नगरपालिका–५ ले जितेको छ । फाइनलमा मध्यनेपाल नगरपालिका–५ लाई ३–२ सेटले पराजित…
  • हेमजा गोल्डकपको तयारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । हेमजामा सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको तयारी थालिएको छ । हेमजा युनाइटेडको आयोजनामा आउँदो कात्तिक ११ देखि १८…

hero news full width