पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।
११ सदस्यीय समिति उपसभापतिमा लक्ष्मी रानाभाट र सचिवमा विष्णुप्रसाद सापकोटालाई चयन गरिएको हो । सदस्यमा चन्द्रज्योति ढुंगाना, मेखहादुर बञ्जरा, अप्सरा पौडेल बराल, कृष्ण कार्की, मुनाकुमारी घिमिरे, भरत पौडेल, यदुलाल लामिछाने र रमेश परियार छन् ।
सोही भेलाले संस्थापक अध्यक्ष हितबहादुर थापालाई वरिष्ठ सल्लाहकारमा चयन गरिएको छ । अन्य सल्लाहकारमा हरिप्रसाद अधिकारी, आनन्द बजगाईं, रामजी बराल, शिवप्रसाद अधिकारी, खेमलाल अधिकारी, रोहितप्रसाद बराल, रेवती अधिकारी, नारायणप्रसाद रानाभाट, खेमराज बराल, जीवन ढुंगाना, एकेन्द्र बञ्जरा र नारायण लामिछाने छन् ।
भेलाले एलपी ढुंगानाको संयोजकत्वमा र्यापिड एक्सन टिमको समेत गठन गरेको छ । सदस्यमा सूर्यनाथ ढुंगाना, विष्णुहरि अधिकारी, खेम शर्मा र सूर्यनाथ लामिछाने छन् । अन्य सदस्य पछि थप गरिनेछ ।
यसअघि, कार्यक्रम उद्घाटन गर्दै पूर्व शिक्षामन्त्री तथा सांसद शिशिर खनालले नेपाल बहुधर्म, भाषा, संस्कृति र जातजाति भएको देश भएकाले सबैलाई समेट्ने गरी संवैधानिक समाजवाद सिद्धान्तलाई पार्टीले अंगिकार गरेको धारणा राखेका थिए ।
कार्यक्रममा सासंद शिव नेपाली, केन्द्रीय प्रशिक्षण विभागका सदस्य माधवप्रसाद कँडेल, पोखरा महानगरपालिकाका सभापति नारायणप्रसाद आचार्य, जिल्ला संयोजक राजु राई, प्रदेश सदस्य डा. दीपक बास्तोला, स्थानीय लेखनाथ सापकोटा र एकेन्द्र बञ्जरा लगायतले बोलेका थिए । तदर्थ समिति संयोजक हितबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी रानाभाट र सञ्चालन सचिव विष्णु सापकोटाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०