स्याङ्जा । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी (बासु) स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकारलाई सम्मान गरिएको छ ।
गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञः सरुभक्तले पुतलीबजारमा आयोजित कार्यक्रममा शनिबार उनीहरु ४ जनालाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा आँधीखोला गाउपालिका हाल भरतपुर निवासी डा. एकनारायण पौडेल, अर्जुनचौपारी गाउपािलका हाल भरतपुर निवासी डा. कृष्णप्रसाद सापकोटा, पुतलीबजार नगरपालिका १४ निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका १ हाल काठमाडौं निवासी डा. रजनी ढकाललाई प्रदान गरिएको छ ।
सम्मानसहित पुरस्कार प्रदान गर्दे प्राज्ञ श्रेष्ठले साहित्य मार्फत सामाजिक विकास र समृद्धीमा जुट्नु पर्ने बताउँदै नवउदयीवान युवालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
उनीलाई बासु स्मृति साहित्य पुरस्कार क्रमशः २०७६, २०७८, २०७९ र २०८० सालको समेतगरी प्रदान गरिएको हो । जनही १५ हजार ५ रुपैंयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, ज्याग्दीखोला प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, सम्मानित व्यक्ति एवं साहित्यकार डा. एकनारायण पौडेल, डा. कृष्णप्रसाद सापकोटा, चिन्तु गिरी र डा. रजनी ढकाल, डा.डिलबहादुर क्षेत्री, लेखक एवं राजनीतिज्ञ कुमार राना, यानकी पुस्स्कारका संस्थापक तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ लगायतले साहित्य समाजको प्रतिविम्ब हुनु पर्नेमा जोड दिए ।
साहित्यकार एवं लेखक मिलन समिर, शम्भु अर्याल, असिम भुषाल, लक्ष्मी काफ्ले, लेखनाथ काफ्ले, कमला अधिकारी, सुनिता पौडेल, विक्रम संवत, लगायतका दर्जन भन्दा बढीले आआफना साहित्यिक रचना वाचन गरेका थिए ।
गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा उपाध्यक्ष पुष्पकुमार अधिकारीले स्वागत एवं सचिव रविन केसीले सञ्चालन गरेका थिए ।
साविक बानेथोक देउराली गाविस हाल भीरकोट नगरपालिकाका स्व. तोरणध्वज अधिकारीले आफना बाबा आमाको स्मृतिमा परिवार तथा भाइबन्धुहरुको सहयोगमा वि.स. २०५२ सालमा स्थापित बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी हो ।
नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा सहयोग पुरयाउने उदेश्यले एक लाखको अक्षयकोष स्थापना गरिएको थियो । स्थापनादेखि आजसम्म १४ जना स्याङ्जाका साहित्यकार र एक जना संस्था पुरस्कृत भएको सचिव केसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
‘नेपाल हेर्न जाऊँ’ लोकार्पण
समता काव्य सन्ध्याको ३६१ औं शृंखला
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
निवन्धमा सत्यवती प्रथम
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०