सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८०
sapkota

पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको सातौं साधारण सभा तथा चौथो अधिवेशनबाट सभापतिमा मादी ४ का यमनाथ सापकोटा सर्वसम्मत चयन भएका छन् । समितिमा वरिष्ठ उपसभापति सत्यराज सापकोटा, सचिव सन्तोष सापकोटा, कोषाध्यक्ष कोपिला सापकोटा, सहसचिव नवराज सापकोटा र सहकोषाध्यक्ष कल्पना घिमिरे सापकोटा चयन भए ।

सदस्यहरू सम्मरबहादुर सापकोटा, होमविलास सापकोटा, रामचन्द्र सापकोटा, भीमप्रसाद सापकोटा, अरुणबहादुर सापकोटा, अनीता सापकोटा, विष्णुकुमारी सापकोटा छन् ।

संयोजक अधिवक्ता मुक्ति सापकोटा, सदस्यहरु खेमराज सापकोटा, पुण्य सापकोटा, गोपाल सापकोटा रहेको निर्वाचन मण्डलको सहजीकरणमा सर्वसम्मत पदाधिकारी चयन भएको संयोजक सत्यराज सापकोटाले जानकारी दिए ।

साधारण सभा प्रमुख अतिथि तथा सापकोटा कल्याण केन्द्र केन्द्रीय समिति देवघाटधामका अध्यक्ष डा. कविन्द्र सापकोटाले उद्घाटन गरे । उनले कुल पुर्खाको खोजी र देशका विभिन्न भाग र विदेशमा समेत रहेका सापकोटाबीच भातृत्वभाव जागृत गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा प्रदेश सभापति बुद्धिसागर सापकोटाले यसअघि प्रकाशित वंशावलीमा पहिले छुटेका र नयाँ पुस्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सल्लाहकार ८८ वर्षीय टीकाराम सापकोटाले आफूले देखेका जानेका कुरासमेत बिर्सन थालेको भन्दै वंशावलीलगायत अभिलेखीकरण गर्दा आफ्ना इतिहास सुरक्षित हुने तर्क गरे । आफ्नो इतिहास जोगाउने प्रयासस्वरुप देशभर स्थलगत भेटघाट गरी वंशावली प्रकाशन चुनौतीपूर्ण काम भएको बताए ।

यसैबीच केन्द्रीय समिति सल्लाहकार ऋषि सापकोटा र टीकाराम सापकोटालाई सम्मान गरिएको छ ।
कार्यक्रममा अध्यक्ष ऋषि सापकोटा, कोषाध्यक्ष मनोरथ सापकोटा र सचिव रामचन्द्र सापकोटाको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । कास्की जिल्ला अध्यक्ष ऋषि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विष्णुकुमारी सापकोटाले स्वागत र जिल्ला कार्यसमिति संयोजक सत्यराज सापकोटाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width