मगर संघ बुढीबजारमा रामबहादुर

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
magar samaj

लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समिति उपाध्यक्षमा कृष्णकुमारी थापामगर, सचिव दलबहादुर थापामगर, सहसचिव सविना रानामगर, कोषाध्यक्ष भीमकुमारी सोमैमगर र सहकोषाध्यक्षमा नेत्राकुमारी आलेमगर छन् ।

अन्य सदस्यमा चित्रबहादुर थापामगर, विष्णुमाया थापामगर, धनबहादुर आलेमगर, चन्द्रबहादुर मास्कीमगर, कमल सारुमगर, योगिता थापामगर, हिरा रानामगर, देउकुमारी थापामगर र नीता आलेमगर छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले मगर जातिको भाषा र संस्कृति रक्षाका लागि सबै जातजाति संगठित हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका सांस्कृतिक विभाग प्रमुख गोविन्द पुनमगरले संस्कृतिलाई आयआर्जनमा समेत जोडिने गरी अगाडि बढ्न आग्रह गरे ।
नेपाल मगर संघ बुढीबजार इकाइ समिति अध्यक्ष रामबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ कास्की जिल्ला उपाध्यक्ष बुद्धिकुमारी थापा मगर, जिल्ला सदस्य भीमकुमारी सारुमगर, नेपाल मगर संघ बुढीबजार इकाइ समिति वरिष्ठ सल्लाहकार यमबहादुर थापा, पूर्व अध्यक्ष गणेशबहादुर आलेमगर, संस्थापक सचिव भोजबहादुर थापामगर लगायतले बोलेका थिए ।

नेपाल मगर संघ बुढिबजार इकाइ समिति सचिव केश गुर्माछान मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष भीमकुमारी सारुले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width