टोल विकास संस्था समन्वयमा उत्तम जोशी

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
tole

पोखरा । टोलविकास संस्था समन्वय समिति पोखरा ९ मा शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।

वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायत वडा सदस्यहरुको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा जनकल्याण टोल विकास संस्थाका अध्यक्ष क्षेत्रबहादुर गुरुङ, सचिवमा सुन्दर मार्ग टोल विकास संस्थाका अध्यक्ष सुनिल उलक, सहसचिवमा शिव टोल विकास संस्थाका अध्यक्ष धु्रव श्रेष्ठ, कोषाध्यक्षमा सहारा टोल विकास संस्थाका अध्यक्ष राजु विक (रत्नबहादुर) लाई सर्वसम्मत चयन गरेको छ । सदस्यमा वडाका सबै टोलविकास संस्थाहरुका अध्यक्ष पदेनसदस्य रहने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width