माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
Masss news-jesthas

पोखरा । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा नदीपुरमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि कारुणिक अभिभावकत्व प्रशिक्षण दिइएको छ ।

प्रशिक्षक श्रीराम तिमिल्सिनाले सहभागी अभिभावकलाई प्रशिक्षण दिएका थिए । बालबालिकालाई भय, त्रास र हिंसाबाट मुक्त गराई सहभागितात्मक र बालमैत्री वातावरणमा उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि अभिभावकले खेल्नुपर्ने भूमिका प्रष्ट्याएका थिए ।

विद्यालय व्यवस्थापनका तर्फबाट तेज गुरुङले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठ, निर्देशक अशोक शाही साथै विद्यालय व्यवस्थापनबाट चित्र गुरुङले प्रशिक्षणको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको संयोजन झम गुरुङले गरेका थिए ।

अभिभावकबाहेक शिक्षकका लागि शिक्षण सिकाई क्रियाकलाप तथा व्यावसायिक क्षमता अभिवद्धि र विद्यार्थीका लागि विभिन्न अभिमुखीकरण तालिम सञ्चालन गर्दै आएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङको अभिभावक दिवस

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय तुलनामा फरक ढंगले अभिभावक दिवस…
  • बायोमीद्वारा लक्ष्मी आविमा सहयोग

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । बायोमी इन्टरनेसनल युकेको सहयोगमा अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयमा शुक्रबार झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ…
  • सरकार–शिक्षकबीच सहमति

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका माग संसदबाटै पूरा गर्ने गरी सहमति भएको…
  • शिक्षकको राजधानीकेन्द्रित आन्दोलन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक र कर्मचारीहरुले राजधानीकेन्द्रित आन्दोलन चर्काएका छन् । देशभरका विद्यालय बन्द गरेर राजधानी…
  • पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज २, २०८०
    पोखरा । राष्ट्रिय शिक्षा दिवसका अवसरमा गण्डकी प्रदेशका शिक्षासेवी, क्याम्पस तथा विद्यालय पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले मंगलबार जारी…

hero news full width