गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको वर्चश्व

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
Thelaos

पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत विजयी भयो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनीमा भएको प्रतियोगितामा पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै प्रथम भए । राजेन्द्र हमालले १३.९७ मिटरको दुरी फाल्दै दोस्रो र निशान बोहराले १२.८२ मिटर फाल्दै तेस्रो भए । उनीहरुले क्रमशः २५, १५ र १० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीले भाग लिएका थिए । लमजुङ र कास्कीका खेलाडी अन्तिम समयमा अनुपस्थित भए ।

विजयी खेलाडीलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गरे । ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिँदै आएकोमा सोको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारका लागि आयोजना गरिएको परिषदका संयोजक शेरचनले बताए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width