पोखरा । नेपालबाट ओलम्पिकमा सहभागी खेलाडीहरु पोखरा आइपुगेका छन् । सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुम्भमा नेपालबाट सहभागी खेलाडीहरु पोखरा आएका हुन् । उनीहरुलाई पोखरामा सम्मान पनि गरिएको छ ।
नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा ओलम्पियनको पुनर्मिलन भएको हो । सोही अवसरमा उनीहरुलाई पोखरामा सम्मान पनि गरिएको हो ।
करिब ६ दशकको अन्तरालमा नेपालका ९० जना खेलाडी ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये १० जनाको निधन भइसकेको छ भने केही खेलाडी विदेशमा छन् । नेपालमै रहेकाहरू पोखरामा भेला भएका हुन् । आइतबार ओलम्पियन्स संघको वार्षिक साधारण सभा पोखरामा हुनेछ । ओलम्पियनलाई शनिबार स्वागत गरेपछि फेवातालमा डुंगा सयर र तालबाराही मन्दिर दर्शन गराइएको थियो ।
त्यसअघि शनिबार बिहान हल्लनचोकदेखि बाराही घाटसम्म प्रभातफेरि निकालिएको थियो । बाराही घाटमा आयोजित समारोहमा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा आइपुगेका करिब ५० जना ओलम्पियनलाई स्वागत गरेका थिए ।
आफूहरु पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियानमा रहेको र त्यसका लागि खेलकुद पर्यटन महत्वपूर्ण अंग भएको बताए । ‘पोखरामा नवौं राष्ट्रिय खेलकुद भयो । खेल नभएको कुनै हप्ता छैन,’ उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेल पोखरामा भइरहेका छन् । हामीले पनि कुन खेललाई अघि बढाउन के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’ सीमित स्रोत र साधनबीच ६ दशकअघि ओलम्पिकमा नेपालको प्रतिनिधित्व हुनु प्रशंसनीय रहेको मेयर आचार्यले बताए ।
प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ओलम्पियनहरूको अनुभव आफूहरूलाई नीति–नियम बनाउन सहयोगी हुने भएकाले समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी प्रदेशका कुन जिल्लामा कति छन् भन्ने तथ्यांक संकलन भइरहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०