गण्डकी । पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३’ दीगो पर्यटनमा जोड दिँदै सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ गतेदेखि पोखरामा सम्मेलन सुरु भएको थियो । चार दिनसम्म सञ्चालित सम्मेलनमा वक्ताले आर्थिक विकासका लागि दीगो पर्यटन र प्रवर्द्धनका लागि प्रविधिकरण आवश्यक भएको बताउनुभयो । समयसापेक्ष पर्यटन विकास र प्रवर्द्धनका लागि प्रविधिकरणलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँहरूले बताउनुभयो ।
कोरोना प्रभावित पर्यटन विस्तारै लयमा फर्किन थालेको भन्दै वक्ताहरूले आर्थिक मन्दीलगायत समस्याले पनि पर्यटन क्षेत्र प्रभावित बनेको र पूर्ववत् अवस्थामा फर्कन करिब एक वर्ष कुर्नुपर्ने धारणा राख्नुभयो ।
सम्मेलनमा विभिन्न २१ देशका अतिथि, पर्यटनका क्रेता र बिक्रेतासहित दुई सय ५० भन्दा बढीको सहभागिता थियो । मालदिभ्सका पर्यटनमन्त्री अब्दुल्ला मासुमसहित विभिन्न देशका पर्यटनविज्ञ प्राध्यापक डा वल्फजेन जर्ज अल्र्ट, प्राध्यापक अन यू लिउ, डा चियुत मित्रचोव, मातुक मासु युसुफ, मधुवनी पेरेरा, एन्ड्र्यु स्टेपलेज, मार्ट गिब्कस, हर्बट युम, मयुर पटेल, श्रीधर किपारगुन,रकि फिलिप्स, फ्लोरियन सेन्जस्टिसमेज, रोशाबेला योङ्ग, पीटर साइमोन, डा.धनन्जय रेग्मी, नन्दिन लाहे थापा, लिजा चोग्याल, राज ज्ञवाली,उप्युल मजुम्दार, विनीता के. शाक्य, लक्की क्षेत्री लगायतले पर्यटनका विविध आयामबारे धारणा राख्नुभएको थियो ।
सम्मेलनका अवसरमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फ्रेन्स, पाटा मार्ट बिटुबी, युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाटलगायत कार्यक्रम भएको थियो ।
पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थितरूपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेकामा बधाई दिँदै सम्मेलनले नेपाललाई सुन्दर, सुरक्षित र साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनाउन सघाउ पुग्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तर्राष्ट्रियस्तरको यस सम्मेलनले पोखरासँगै समग्र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्यका बीचमा भएको छलफल एवं अन्तरक्रियाले कोरोना प्रभावित पर्यटनमा नयाँ आयाम थप्ने बताउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
घान्द्रुक होटलका पायोनियर
घान्द्रुक घुम्न चक्रीय पदमार्ग
गण्डकीको पर्यटन : योजनामा पहिलो नम्बर, बजेट भने नगन्य
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन पोखराको अध्यक्षमा प्रमोद भण्डारी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०