धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।
सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
सिकिस्त रहेका उनीका छोराको पनि आइसियु कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिनुभयो । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।
जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो ।
अचानक आज मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिनुभयो । रासस
Related News
सम्बन्धित समाचार
पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु
काठमाडाैंबाट पोखरा आउँदै गरेको बस धादिङमा दुर्घटना, ८ को मृत्यु, १७ घाइतेको उद्धार
पोखराकी सञ्चारकर्मी एलिजाको निधन
दाउन्नेमा बस दुर्घटना, २९ जना घाइते
नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउने काम जारी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०