पोखरा । विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्यान्ड माविमा शुक्रबार प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
विद्यालयले एसईई दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्र्थी लक्षित प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगितामा प्रदेशभरिबाट ४० समूहले भाग लिएको कार्यक्रम संयोजक तथा गणित शिक्षक विष्णु गौतमले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन शुक्रबार सहभागी सम्पूर्ण विद्यार्थिलाई हाजिरीजवाफसम्बन्धी अभिमुखीकरण गरिएको थियो ।
गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले प्रतियोगिता उद्घाटन गरे । उनले आफ्नो अतीत सम्झँदै सम्मानित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे । विश्व चर्चित विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर अध्ययन गर्ने नेपाली विद्यार्थीहरू बिरलै भएका र तीमध्ये मदरल्यान्डबाट यति धेरै विद्यार्थीले विदेशका विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकामा प्रशंसा गरे ।
मदरल्यान्ड माविले पूर्व विद्यार्थी सम्राट ढुंगानालाई इतिहास रच्न सफल भएकोमा सम्मानसहित पछिल्लो संस्करणको म्याकबुक उपहार प्रदान गरेको छ । मदरल्यान्डबाट कक्षा १२ सकेर उच्च शिक्षाका लागि विदेशी कलेज तथा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई विद्यालयमा सम्मानपत्र, माला र दोसल्लाले सम्मान छ । पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्राट ढुंगाना हावर्ड विश्वविद्यालय, ओस्कार दियाली कर्नेल कलेज अमेरिका, विभूषी तिमिल्सिना र दीक्षा गिरी स्वीट बेरियर कलेज अमेरिका, निशान्त चौधरी साउथ्रन मिसिसिपी विश्वविद्यालय अमेरिका, सन्देश आचार्य हाइनान नर्मल विश्वविद्यालय चीन, आलोक पौडेल मिसनिज स्टेट विश्वविद्यालय अमेरिका र प्रशान्त भण्डारी नेसनल मेडिकल कलेज नेपाललाई सम्मान गरिएको छ । यसवर्ष मात्र विद्यालयबाट १० जोड २ पूरा गरेका १४ जना विद्यार्थीहरूले अमेरिकामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको मदरल्यान्डले जनाएको छ ।
कार्यक्रममा विद्यालयका अंग्रेजी विषयका विभागीय प्रमुख बामनकुमार घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्राचार्य नारायण बराल, निर्देशक त्रिभुवन शर्मा रसम्मानित विद्यार्थी सम्राट ढुंगानालगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी बोर्डिङको अभिभावक दिवस
बायोमीद्वारा लक्ष्मी आविमा सहयोग
सरकार–शिक्षकबीच सहमति
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०