पोखरा । घाम लाग्दा धुलो, पानी पर्दा हिलो । खाल्डाखुल्डीका कारण दुर्घटनाको उत्तिकै जोखिम । यत्रतत्र छरिएका निर्माण सामग्री । धुलोका कारण स्थानीयको स्वास्थ्यमा उस्तै असर । मध्यपहाडी लोकमार्ग अन्तर्गत याम्दी–हरिचोक खण्डका स्थानीय र त्यस खण्डमा हिड्ने यात्रु दिनहुँ यस्तै समस्यामा हुन्छन् ।
धुलोका कारण स्वास्थ्यमा समस्या परेको उक्त खण्डकी व्यावसायी प्रतीक्षा पौडेलले बताइन् । ‘यहाँ काम गर्न थालेको १ वर्ष हुन लाग्यो केही प्रगति भएको देखिएको छैन,’ उनले भनिन्, ‘यही धुलोले होला छाती दुख्ने, सुख्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।’ धुलो कम गर्नका लागि पानी छर्के पनि एक पटक हाल्ने अनि दिनभर उही समस्या भोग्नुपर्ने उनको भनाइ थियो । ‘एकैचोटी हुन्छ भन्ने त छैन तर एकातिर सक्ने अर्कोतिर सुरु गर्ने गर्न पर्ने हो तर यहाँ त सबैतिर लथालिंगै छ,’ उनले भनिन्, ‘बिहान धुलो कम गर्न पानी त हाल्छ तर कता जान्छ कता ।’
अस्त व्यस्तता सडकका कारण दिनहुँ सो खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको पनि उनको गुनासो छ । सडकको यो अवस्थाका कारण आफ्नो व्यापार पनि घटेको उनले सुनाइन् । बाटो साघुरो भएकाले त्यस क्षेत्र सवारी जामको पनि समस्या छ ।
उनको जस्तै गुनासो त्यहाँको जौबारी, सिम्पानी, हरिचोक क्षेत्रका स्थानीयको छ । दिनहुँ हुने यस्ता खालका गुनासो जिल्ला प्रशासन कार्यालयसम्मै पुग्ने गरेको छ । विशेषगरी निर्माण कार्य छिटो सकाउन निर्देशन दिनका लागि सुझावसहितका गुनासो जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको बिहीबार टोली अवलोकनका लागि पुगेको थियो । टोलीमा आयोजना प्रमुखको टिम पनि सहभागी थियो ।
अवलोकनका क्रममा काम धिमा गतिमा अघि बढेको पाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । जसले गर्दा स्थानीयले सास्ती भोग्न बाध्य भएको उनको भनाई थियो । ‘यो रुट हुँदै पर्वत, बागलुङ, मुस्ताङ जाने यात्रु तथा सवारी साधन चालकहरुले यो खण्डमा समस्या छ भन्ने गुनासो आएपछि हामी निरिक्षणमा निस्किएका हौं,’ उनले भने, ‘यहाँ आउँदा काम त भइरहेको तर जुन रुपमा हुनुपर्ने त्यो नभएको पाइयो ।’
जनताका समस्या समाधान हुनेगरी आयोजनाको कामा द्रुत गतिमा अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएको उनले बताए । ‘यो कार्य जतिसक्दो चाँडो अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिइसकेको छु,’ उनले भने, ‘निर्माण कम्पनीका प्रमुखलाई पनि कार्यालयमा बोलाएको छु । उहाँलाई पनि कडाइका साथ निर्देशन दिनेछु ।’
मध्यपहाडी लोकमार्ग पर्वत–पोखरा खण्ड आयोजना प्रमुख कल्पना अधिकारीले यो खण्डको कार्य प्रगति सन्तोष जनक नरहेको बताइन् । ‘अहिले निर्माण कार्य त चलिरहेको छ । पहिला केही विवाद नभएको होइन तथापि अहिले अवस्थामा प्रगति त्यति सन्तोषजनक छैन,’ उनले भनिन्, ‘बिजुलीका पोल लगायत कारणले केही विवाद त थियो । यसमा हामीले पत्राचार गर्ने काम त गरिसकेका छौं । तर काम ढिला नै भएपछि यसमा निर्माण व्यावसायीलाई पटक पटक भन्दा पनि सोंचेजस्तो प्रगति भएको छैन ।’
४ लेनमा निर्माण गरिने उक्त सडकखण्डको साउन १५ गते सुरु भएको थियो । यो खण्डको निर्माण कार्य काठमाडौं महाराजगञ्जस्थित मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले गरिरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिइन् । २ वर्षमा सक्ने जिम्मा पाएको कम्पनीले १० महिनामा २० प्रतिशतको हाराहारीमा काम सकेको उनले बताइन् । २ हजार २ सय ४ मिटर लम्बाइको उक्त सडकखण्ड २५ मिटर फराकिलो बन्नेछ । जसको बीचमा १ मिटरको डिभाइडर तथा सडक छेउमा डेढ मिटरमा नाला निर्माण हुनेछ ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
नारी उत्थान समाजसेवा पुरस्कारबाट सुष्मा पौडल सम्मानित
hero news full width
मुख्य समाचार
पोखरामा खटिए नयाँ नगर प्रहरी
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०