पोखरा । पोखरा महानगरपालिका र युवा स्वरोजगार कोषको संयुक्त लगानीमा साझेदारी कार्यक्रम सञ्चालन गर्न ग्रिन डेभलपमेन्ट बैंकसँगबीच सहकार्यमा आधारित कर्जा लगानी सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाको तर्फबाट व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार महानगरपालिका भित्रका लक्षित समुदायका १८ देखि ६० वर्षसम्मका व्यक्तिहरूलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धिसहित जीविकोपार्जन सहज बनाउन सुलभ रूपमा प्रतिव्यक्ति न्यूनतम ३० हजारदेखि २ लाखसम्म परियोजनाको आवश्यकता हेरी स्वरोजगार कर्जा उपलब्ध गराइने छ ।
४२ महिनाभित्र चुक्ता गर्ने गरी प्रतिमहिना ८ प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध गराउन लागिएको हो । यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा लिई नियमित भुक्तान नगरी कालो सूचिमा परेका आवेदकहरूलाई यस कार्यक्रममा समावेश गरिने छैन । कर्जाका लागि वडा कार्यालयको सिफारिस सहित महानगरपालिकाको छनौटमा परेको हुनुपर्नेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वरोजगार प्रवद्र्धनमा महत्वपूर्ण सम्झौता गरिएको बताए । उनले महानगर क्षेत्रमा रहेका लक्षित समुदायका व्यक्तिहरूलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धिसहित जीविकोपार्जन सहज बनाउन उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।
‘महानगरपालिका क्षेत्रको बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै युवा उद्यमशीलताको विकासका लागि महानगरपालिकाको तर्फबाट व्यवसाय प्रवर्धन केन्द्र सञ्चालन गरेका छौं,’ उनले भने, ‘यसले अहिले विभिन्न साझेदार संस्था एवं समूहहरूसँगको समन्वय तथा सहकार्यमा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, सिप विकासका तालिम तथा प्रशिक्षण समेत सञ्चालन गरिएका छन् ।’ युवा स्वरोजगार कोष र ग्रिन डेभलपमेन्ट बैंकसँग गरिएको सहकार्यमा आधारित कर्जा लगानी सम्झौता स्वरोजगार सिर्जनामा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।
विभिन्न क्षेत्रमा सहुलियत कर्जा प्रवाह गरिरहेको बैंकको तर्फबाट व्यवसाय प्रवद्र्धन तथा स्वरोजगार सिर्जनामा महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले खुसी व्यक्त गरे ।
व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले केन्द्रको योजना अनुसार युवा स्वरोजगार कोष र ग्रिन डेभलपमेन्ट बैंकसँगको सहकार्यले पोखरामा उद्यमशीलताका लागि आधार तयार गरेको बताए । विभिन्न किसिमका सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको केन्द्रले स्टार्ट अपका लागि समेत निज क्षेत्रसँग गरिएको सहकार्य थप महत्त्वपूर्ण हुने उनले बताए । सुलभ कर्जाका लागि आह्वान गरिएका आवेदनहरू माथि निष्पक्ष छानबिन गरी आवश्यकता र प्राथमिकताका आधारमा छनौट गरिने उनले बताए । हाल केन्द्रले सुलभ कर्जाका लागि विभिन्न सर्तहरू सहित आवेदन संकलन गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा
संगम सहकारीको १६ औं सभा
पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण
hero news full width
मुख्य समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०