पोखरा । अन्नपूर्ण आरोहण दिवस अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको बुधबारदेखि भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।
महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए । घान्द्रुकमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कार संस्कृति अवलोकनका लागि पर्यटकहरु आउने भएकोले यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा जोड दिए । उनले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताए ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सवको उद्घाटन समारोहमा घान्द्रुकमा १३ वर्षदेखि फोहोर व्यवस्थापमा सहयोग पुर्याउँदै आएका रामबहादुर परियारलाई सम्मान गरिएको छ ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । यसअघि कोरोनाका कारण महोत्सव रोकिएको थियो ।
३ दिनसम्म चल्ने महोत्सवको अन्तिम दिन २० जेठमा म्याराथन प्रतियोगिता हुनेछ । पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार पुरस्कार पाउने छन् ।
महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागि हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।
म्याराथन अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भइ माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।
यसैबीच, महोत्सवअन्तर्गत खुला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । १३ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
घान्द्रुक होटलका पायोनियर
घान्द्रुक घुम्न चक्रीय पदमार्ग
गण्डकीको पर्यटन : योजनामा पहिलो नम्बर, बजेट भने नगन्य
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन पोखराको अध्यक्षमा प्रमोद भण्डारी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०