कञ्चनजंघामा अंग्रेजी हिज्जे

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८०
Kanchanjungad

पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा अंग्रेजी बोर्डिङ स्कुलमा मंगलबार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पहेंलो सदनका जोस्ना गुरुङ, सुशील विक, रुपेश यादव र रेक्सन गुरुङको समूह प्रथम र हरियो सदनका सम्रता गुरुङ, एरिका गुरुङ, सदीक्षा दाहाल र विराज गुरुङको समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा अंग्रेजी विषय विभागीय प्रमुख अमृत जिसी र शिक्षिका खेमकुमारी थापा थिए ।

समयपालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक सुरेन्द्र सदिच्छा रहेका थिए । प्रमुख अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले यस्ता खालका कार्यक्रमले विद्यार्थीमा अंग्रेजी भाषाको शुद्धीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width