बजार बिक्री संघको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८०
Bajar news

पोखरा । नेपाल बजार बिक्री संघ गण्डकी प्रदेशले २३ औं वार्षिकोत्सव पोखराको भलामस्थित हरिहर गुफामा सहयोग सामग्री हस्तान्तर गरी मनाएको छ । संघले हरिहर आश्रममा दाल चामल लगायत खाद्यान्न वितरण गरेको हो ।
संस्थाका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतमा भएको कार्यक्रममा स्वामी इसानन्द योगी, संस्थापक उपाध्यक्ष वसन्तराज सिग्देल, केन्द्रीय कार्य समिति र बजारमा कार्यरत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । अध्यक्ष सापकोटाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width