गण्डकी । पर्यटकीय नगरी पोखरामा एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट–२०२३ आजदेखि सुरु भएको छ ।
चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित २१ देशका दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड तथा ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद् (पीटीसी)को संयोजनमा आयोजित सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो ।
सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, अष्टे«लिया, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबीया, भारत, पाकिस्तान, श्रीलङ्का, चीन, हङकङ, थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेसियालगायतका देश र नेपाल गरी २१ देशका प्रतिनिधि सहभागी रहेको आयोजकले जनाएको छ ।
सम्मेलनको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि राम्रो गन्तव्य भएको बताउनुभयो । पोखरामा आयोजित यस कार्यक्रमले नेपालको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले पोखरा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटीका लागि आआफ्नो देशमा पहल गर्न पनि पाटा प्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो ।
मालदिभ्सका पर्यटनमन्त्री डा अब्दुल मौसुमले आफूले पोखरा साच्चीकैको साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै हिमाल र समुद्रबीचको पर्यटनलाई जोड्न नेपाल र मालदिप्सले मिलेर काम गर्न सकिने धारणा राख्नुभयो । पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालमा आयोजित सम्मेलनले समग्र पर्यटनका बारेमा सकारात्मक सन्देश प्रभाव गर्ने बताउँदै यसलाई सम्पन्न गर्न नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा साहसिक पर्यटनको केन्द्र भएको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई पोखरा भ्रमण गर्न र आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य मदन आचार्यले पाटाले प्रकृति र संस्कृतिको धनी पोखरामा आयोजना गरेको यस कार्यक्रमले नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले पाटा इन्टरनेसनले नेपालको समग्र पर्यटन विकासमा लामो समय देखि सहयोग गर्दै आइरहेको बताउँदै यो कार्यक्रमका माध्यमबाट पनि कोभिडपछि सुस्ताएको पर्यटनलाई चलायमान बनाउन, दिगो पर्यटन विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययबीच हुने छलफल तथा अन्तक्र्रियासहितको पाटा मार्टले पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालले आयोजना गरेको यो कार्यक्रमले आगामी दिनमा नेपालमा विदेशी पर्यटक आगमनमा समेत वृद्धि हुने बताउनुभयो । सम्मेलनमा कोभिड–१९ पछिको पर्यटन र पर्यटनका विभिन्न आयामका बारेमा समूहगत छलफल तथा बीटुबीलयागतका कार्यक्रम हुने छन् । सम्मेलनमा सहभागि हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा छलफल गरिने छ ।
सम्मेलनको अवसरमा पाटा इन्टरनेसनले आफ्नो वार्षिक कार्यक्रमअनुसार विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । पाटाले मेम्मबरसिप अवार्डदेखि स्पेशल अवार्ड प्रदान गरेको थियो । सो अवसरमा पाटाले नेपाल पर्यटन बोर्ड तथा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीलाई पाटा स्पेसल अवार्ड प्रदान गरेको छ । नेपालले पाटा इन्टरनेसनलको सदस्यता सन् १९७५ मा लिएको थियो । रासस
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०