मानव आश्रममा नारीशक्तिद्वारा भोजनदान

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
narishakti ama samuhas

पोखरा । नारीशक्ति जागरण आमा समूह पोखरा १७ आँखा अस्पतालचोकद्वारा मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ । संस्थाको चौथो स्थापना दिवसका अवसरमा समूहले आश्रममा आश्रित बालबालिका र महिलाका लागि १८ हजार ५ सय रुपैयाँ बराबरको १ छाक खाना सहयोग गरेको हो ।

पोखरा १७ का अध्यक्ष एवं समूहका सल्लाहकार राधिका शाही योगीले टोल छिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी संकलन गरेको रकमबाट आश्रममा भोजनको व्यवस्थापन गरेर समूहले सामाजिक उत्तरदायित्व पूरा गरेको बताइन् ।

कार्यक्रममा समूहका अध्यक्ष पियारी गुरुङले १ छाक भोजन बराबरको रकम आश्रमका सम्झना बर्तौलालाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि समूहको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

समूहले समाजका सामाजिक, आर्थिक र वातावरणीय सेवामा समर्पित हँुदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको सचिव पूर्णकला पोख्रेलले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width