लक्ष्मी आवासीय  प्राचार्यमा डा. पौडेल

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
LA news

पोखरा । पोखरा ८, न्युरोडस्थित लक्ष्मी आवासिय माविमा डा. विश्वयुधीर पौडेलले मंगलबारदेखि प्राचार्यको कार्यभार सम्हालेका छन् ।

पदरभार सम्हाल्दै उनले २१ औं शताब्दीको गुणस्तरयुक्त शिक्षा दिन सक्ने बनाउन आफूले हालसम्म प्राप्त विज्ञता, दक्षता र अनुभव उपयोगी हुने बताए । उनले विद्यालयलाई थप उचाइमा पु¥याइ आउँदो २ वर्षमा पोखराको अग्रणी विद्यालयको रुपमा चिनाउने लक्ष्य रहेको बताए ।

काठमाडौं विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गरेका पोखरा अर्चलबोट निवासी डा. पौडेल प्रशिक्षक मात्रै नभइ कुशल व्यवस्थापक हुन् । काठमाडौं र पोखराका धेरै शैक्षिक संस्थाहरुको नेतृत्व तहमा समेत रहेर कार्य गरेको उनको अनुभव छ ।

पदस्थापन समारोहमा विद्यालयका संस्थापक लिलावती प्रधान र निवर्तमान प्राचार्य शालिकराम अधिकारीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङको अभिभावक दिवस

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय तुलनामा फरक ढंगले अभिभावक दिवस…
  • बायोमीद्वारा लक्ष्मी आविमा सहयोग

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । बायोमी इन्टरनेसनल युकेको सहयोगमा अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयमा शुक्रबार झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ…
  • सरकार–शिक्षकबीच सहमति

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका माग संसदबाटै पूरा गर्ने गरी सहमति भएको…
  • शिक्षकको राजधानीकेन्द्रित आन्दोलन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक र कर्मचारीहरुले राजधानीकेन्द्रित आन्दोलन चर्काएका छन् । देशभरका विद्यालय बन्द गरेर राजधानी…
  • पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज २, २०८०
    पोखरा । राष्ट्रिय शिक्षा दिवसका अवसरमा गण्डकी प्रदेशका शिक्षासेवी, क्याम्पस तथा विद्यालय पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले मंगलबार जारी…

hero news full width