आममाफीको विरोधमा युवासंघको प्रदर्शन

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
yuba sangh

स्याङ्जा । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीको विरोध गर्दै पुतलीबजारमा प्रदर्शन गरिएको छ ।

पुतलीबजार नगर कमिटी युवा संघले ¥यालीसहित सोमबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि सोमबार बिहान उनी रिहा भइसकेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने प्रावधान छ ।

एमालेको भातृ संगठन युवा संघसहित एमाले नेता सम्मिलित ¥यालीले प्ले कार्ड बोकेर नारा लगाउँदै मुख्य बजार परिक्रमा गरेका छन ।
टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई ३ तहका अदालतले दोषी ठहर गरेको अवस्थामा सरकारले षड्यन्त्रपूर्वक दिइएको आममाफीविरुद्ध विरोध प्रदर्शन गरेको नगर अध्यक्ष भीम रानाले जानकारी दिए ।

प्रदर्शनकारीले सरकार र राष्ट्रपतिविरुद्ध चर्का नारा लगाएका थिए । कैलालीको टीकापुरमा २ वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषीको रुपमा रेशमले सजाय भोग्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width