पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले जनताले दुःखका साथ जम्मा गरेको रकम अपचनल गर्ने ठगहरुलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् ।
पोखरा १७ बिरौटामा सञ्चालनमा आएको पोखरा कृषि पर्यटन वचत तथा ऋण सहकारी गण्डकी प्रदेश कार्यालयको सोमबार शुभारम्भ गर्दै उनले सहकारीमा बेथिति गर्ने सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सात सिद्धान्त सहकारीको मेरुडण्डका रुपमा रहेको उल्लेख गर्दै मन्त्री जिसीले प्रत्येक सहकारी संस्थाले यसको अक्षरश पालना गर्देै तोकिएको क्षेत्राधिकार भित्र रहेर उत्पादनसँग जोडिनु पर्ने आवश्यकता आंैल्याए ।
सहकारीले ग्रामीण क्षेत्रमा महिला वर्गलाई सचेत गराउँदै आयआर्जनमा समेत जोडिन सिकाएको उल्लेख गर्दै उनले सहकारीको सफलताका लागि सेयर सदस्य सचेत हुनु पर्नेमा जोड दिए ।
सहकारीमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै मन्त्री जिसीले भने, ‘कृषिमा राज्यतर्पmबाट प्रदान गरेको अनुदानलाई प्रभावकारी बनाउनुको विकल्प छैन ।’
कृषिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ स्थापना गरी सञ्चालनमा आएको सहकारीमा १ सय ६८ जना सेयर सदस्यको २ करोड ७८ लाख सेयर पँुजी रहेको संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यले जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य बिना लोहनी, एग्रो टुरिजम सहकारीका अध्यक्ष डिल्लीराम बराल, संस्थाका सल्लाहका परमेश्वर आचार्य, मुक्तिनाथ विकास बैंक बिरौटाका प्रमुख डम्बरबहादुर कार्की, गोल्डेन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ बराल लगायतले सहकारीको महत्व माथि प्रकाश पार्दै सामूहिक प्रयासबाट समस्या समाधान गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा
संगम सहकारीको १६ औं सभा
पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०