पोखरामा सिन्धुली उवा संघको प्रतिनिधिमण्डल

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
pcci

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रको गिर्दो मनोवल बढाउन सरकारसँग आग्रह गरेका छन् । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगी÷व्यवसायीहरुको समस्याबारे राज्य उदासिन रहेको उनको गुनासो थियो ।

अध्यक्ष प्रजापति अध्ययन अवलोकन भ्रमणमा आएको सिन्धुली उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतको लागि सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा बोल्दै थिए ।

पछिल्लो समय निजी क्षेत्रको मनोवल घटेको बताउँदै उनले सरकारले लगानीको उचित वातावरण निर्माण गर्नुपर्ने बताए । ‘बैंकको ब्याजदरले हामी प्रताडित बनेका छौं, लगानी गरेका छौं तर दैनिक खर्च धान्न मुस्किल छ, रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान दिने निजी क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ,’ उनले भने । अध्यक्ष प्रजापतिले निजी क्षेत्रको एकतामा जोड दिँदै मोफसलमा रहेका व्यवसायीहरुको समस्याको संवोधनको लागि क्रियाशिल रहन नेपाल उद्योग वाणिज्य महासंघसँग आग्रह पनि गरे ।

अध्यक्ष प्रजापतिले गण्डकी प्रदेशको सामथ्र्य बढाउन र रोजगारी सिर्जना गर्न थप लगानी आवश्यक भएको बताएका छन् । उनले प्रदेशको कुल ग्राहस्थ उत्पादन र राजश्व वृद्धिले मात्र प्रदेश सरकार सवल हुने धारणा राखे ।

‘गण्डकीको समृद्धिको लागि शिक्षा, स्वास्थ्य,पर्यटन,कृषि र नवप्रवर्तनको क्षेत्रमा थप लगानी गर्नु आवश्यक छ,’ उनले भने, ‘सेवा र उद्योग क्षेत्रमा थप रोजगारी सिर्जना पनि हाम्रो चासोको विषय हो ।’ उनले गण्डकी सरकार, पोखरा महानगरपालिकासँगको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्न संघ तयार रहेको पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघले सामाजिक क्षेत्रमा पु¥याएको योगदान, देश र देश बाहिरसम्मको सम्बन्धका कारण पनि लगानी सम्मेलन गर्न सक्षम रहेको जिकिर गरे । प्रदेश सरकार र महानगरले यसअघि नै लगानी सम्मेलन गर्ने घोषणा गरेको प्रसंग उठाउँदै उनले यस्ता सम्मेलनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं सिन्धुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमरेशकुमार वैदारले महासंघको नयाँ नेतृत्व निजी क्षेत्रले भोगेका समस्या समाधानको लागि क्रियाशील भएको जानकारी दिए ।

सिन्धुली उद्योग वाणिज्य संघका अधयक्ष अर्जुनकुमार श्रेष्ठले निजी क्षेत्रको एकतामा जोड दिँदै मोफलसका व्यवसायीहरुमाथि आइपर्ने झन्झट र समस्या एकैखालको भएको बताए । सिन्धुली उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत जुनार खेती विकासको लागि विशेष भूमिका निर्वाह गरेको बताउँदै उनले सरकारले निजी क्षेत्रलाई सँगै लिएर हिँड्दामात्र आर्थिक समृद्धिको लक्ष्य प्राप्त हुने जिकिर गरे । उनले वातवरण संरक्षणको लागि सिन्धुलीमा कालो प्लाष्टिक निषेध गरिएको बताए । युवा स्वरोजगार सिर्जना, विपत व्यवस्थापनमा गरिएका कार्यक्रमबारे पनि उनले जानकारी गराएका थिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिको लागि गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए । स्थानीय सरकारसँग संघले निरन्तर सहकार्य गर्दै आएको बताउँदै उनले अव्यवहारिक कर प्रणाली सुधारमा संघले निरन्तर पैरवी गरिरहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य र उपमहासचिव शोभा गौतमको सञ्चालन रहेको कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य, सिन्धुलीको तर्फबाट वरिष्ठ उपाध्यक्ष वीरबल चौधरी, महासचिव रामकुमार राजभण्डारीलगायतले महिला उद्यमशीलता, साना तथा मझौला व्यवसायीहरुले भोग्नुपरेका समस्याहरु र आपसी सहकार्यबारे मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width