पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्षको बजेटमा कौसी खेती र करेसा खेतीलाई जोड दिने बताएको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजेटमा कृषिलाई बढी प्राथमिकता दिने बताएकी हुन् ।
सहरी कृषि, कम्पोस्ट बिनमा मल बनाउने तथा कौसी/करेसा खेती अभिमुखीकरण कार्यक्रममा उपप्रमुख गुरुङले पोखरामा कौसी खेतीको निकै ठूलो महŒव रहेको बताइन् । पर्यटनपछि पोखराको समृद्धिको पाटो कृषि भएकाले महानगर यसमा चनाखो रहेको उनको भनाइ थियो । कृषि हुने जमिनमा घर बनेकाले पोखरामा कौशी खेती उपयोगी छ । ‘पछिल्लो समय पोखरामा फोहर व्यवस्थापनको ठूलो चुनौती छ । यो अवस्थामा केही फोहरबाट मल बनाएर कौसी खेतीमा प्रयोग गर्न सकियो भने ठूलो सहयोग हुन्छ,’ उनले भनिन्, ‘फोहोर व्यवस्थनमा टेवा पुग्नुका साथै स्वास्थ्य सरसफाई, वातावरण र अर्थसँग जोडिएको कौसी खेती पोखराका लागि निकै महŒवपूर्ण छ ।’
उक्त कार्यक्रममा कौसी र करेसा खेती गर्ने किसानको माग सम्बोधन गर्न महानगर तयार रहेको उनले सुनाए । सोही अवसरमा आगामी आर्थिक वर्षको बजेटको बारेमा छलफल पनि भएको थियो । किसानहरूले कौसी खेती गर्नका लागि मल र बिउमा अनुदानसँगै छुटको माग गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले कौसी खेती फोहोर व्यवस्थापनको राम्रो माध्यम बन्ने बताए । पोखराका वडा १ देखि १७ सम्म बजार क्षेत्र भएकाले यस क्षेत्रमा कौसी र करेसा खेती बाहेक अरु विकल्प नरहेको उनले सुनाए । ‘पोखरामा दैनिक १ सय टनभन्दा बढी फोहर निस्कन्छ । यसमा ६५ प्रतिशत कुहिने खालका फोहर हुन्छ भने त्यसको आधा फोहोरबाट कम्पोस्ट मल बनाउन सकिन्छ,’ उनले भने, ‘यसरी मल बनाउँदा फोहर व्यवस्थापन त हुने नै भयो । यो सँगै व्यायाम हुने, अर्गानिक खाएर स्वस्थ हुन सघाउँछ ।’
उनले घरको फोहोरबाट मल बनाउने घरमा फोहोर करमा छुट दिने गरी महानगरले योजना बनाउने बताए । साथै, कौसी र करेसा खेती गर्ने किसानलाई प्राङ्गारिक मल र अन्य कृषि सामग्रीमा छुट दिने गरी कृषि महाशाखाले काम गर्ने प्रमुख कडरियाले बताए । सोही अवसरमा महानगरभित्रका ५० जना कृषकलाई ५० वटा कम्पोस्ट बिन वितरण गरिएको उनले जानकारी दिए ।
पोखरा कौसी करेसा खेती समूहको समन्वयमा भएको कार्यक्रममा पोखरा ८ की किसान शुशीला गिरीलाई उत्कृष्ट कौसी खेती गरेकाले सम्मान गरेको थियो । सोही अवसरमा श्री कम्प्लेक्स एग्रो प्रालिका अध्यक्ष झलकराज श्रेष्ठ, पोखरा कौसी करेसा खेती समूहकी अध्यक्ष भावना रानाभाट, कृषि सञ्जाल पोखरा ७ का अध्यक्ष पंकज पौडेल, वडा नं ९ का विमला रानाभाटलगायतले कौसी करेसा खेतीको महŒवबारे बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पशु बिमामा कृषकको आकर्षण
कृषिको वार्षिक कार्यक्रम सार्वजनिक
स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
गैंडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी
भदौमै पाक्न थाल्यो सुन्तला
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०