पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन ल्याई नेपाललाई सबल, आत्मनिर्भर साथै समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको सरकार रहेको उल्लेख गर्दै सन्देशमा हरेक तहका सरकारको जनताप्रति आ–आफ्नो उत्तरदायित्व रहेको भनिएको छ ।
“लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पका साथ अघि बढिरहेको छ”, मुख्यमन्त्रीले भन्नुभएको छ, “यो संवैधानिक व्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्था गरेको छ ।”
संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी, पर्यावरणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले हामी सबैलाई उत्साह प्रदान गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गर्नुभएको छ ।
सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको भन्दै सन्देशमा यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । रासस
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०