चापापानी टोल विकासमा प्रेम

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
chapapani

पोखरा । पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको आमभेलाले प्रेमबहादुर कार्कीको अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संस्थाको उपाध्यक्ष कल्पना काकीर्, सचिव भोजराज सुवेदी, कोषाध्यक्ष ऋषिराम दाहाल चयन भए । सदस्यहरूमा राजु गुरुङ, रामप्रसाद कोइराला, कल्पना गुरुङ, दानबहादुर बस्नेत र कमला कार्की छन् ।

कार्यक्रममा पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले टोलको विकासमा टोलका सदस्यहरू नै जागरुक भएर योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै बास्तोलाले टोल सुधार समितिले महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिकहरूको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने जनाउँदै टोलको विकासका योजनामा वडाले निरन्तर सहयोग र सहजीकरण गर्ने बताए ।

पोखरा १२ का निवर्तमान अध्यक्ष रामबहादुर कार्की पूर्व एसपी नरेशबहादुर कार्की, समाजसेवीहरू ऋषिराम लामिछाने, टीकाबहादुर कार्कीलगायतले टोलबासी एकजुट भएमात्र विकास सम्भव हुने बताउँदै आफ्नो टोलको विकासका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।

चापापानी टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष विष्णु कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा समाजसेवी टीकाबहादुर कार्कीले स्वागत र सचिव कमलबहादुर कार्कीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…
  • गुप्तेश्वर गुफामा पर्यटकको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । विश्व पर्यटन दिवस २०२३ अवसरमा पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै…
  • पर्यटन दिवसमा पोखराभरि कार्यक्रम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखराले ४४ औं विश्व पर्यटन दिवस भव्य कार्यक्रमका साथ मनाएको छ । पर्यटनसम्बद्ध यहाँका विभिन्न संघसंस्थाहरुले छुट्टाछुट्टै इभेन्टको…
  • मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ

    धनबहादुर गुरुङ असाेज ११, २०८०
    पोखरा । सर्वोच्च अदालतले फेवातालको मापदण्ड मिच्ने गरी व्यक्ति र संस्थाका नाममा दर्ता भएका जग्गा र संरचना ६ महिनाभित्र हटाउन…
  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…

hero news full width