पोखरा । पोखरा महानगरपालिका ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोसाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ ।
शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र पोखरा ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोसाक हस्तान्तरण गरे ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म हाल ३० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई समाजसेवी रामचन्द्र थापामार्फत प्राप्त ४५ हजार रुपैयाँबाट पोसाक उपलब्ध गराइएको हो ।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिको २०८० वैशाख १२ गतेको निर्णय अनुसार विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा समग्र विकास एवम् व्यवस्थापकीय कार्यमा आवश्यक सरसल्लाह प्रदान गर्न मनोनित सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक केशव पौडेल, सहयोगदाता रामचन्द्र थापा लगायत पनि सम्मानित भए ।
व्यवस्थापन समितिको बैठकले हरिभक्त सिग्देल, छत्रधर आत्रेय, चन्द्रावती पौडेल, वासुदेव पौडेल, धनबहादुर थापा र हरिप्रसाद तिवारीलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै वडाका तर्फबाट सम्पूर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
कार्यक्रममा सल्लाहकार एवं राधाकृष्ण शान्ति आश्रमका उपाध्यक्ष हरिभक्त सिग्देल, सल्लाहकार चन्द्रावती पौडेल, सल्लाहकार एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहयोगदाता रामचन्द्र थापा, अक्षयकोषदाता झलकप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय लगायतले शैक्षिक गुणस्तरीयता अभिबृद्धि सँगै विद्यालयको दीर्घकालीन सुसञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०