पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा आयोजित कार्यक्रममा सहभागीहरुलाई गण्डकी प्रदेका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरे ।
मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्फुटन गराउन सक्नु मुख्य कर्तव्य रहेको बताए । उनले भने, ‘प्रशिक्षकहरुले जसरी मेहनत गर्नु भएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नितिगत रुपमा के गर्नु पर्छ त्यसबारे सोच्न हामीलाई घच्घचाएको छ ।’
मुवाथाइ खेलको आफ्नै विशेषता रहेको उल्लेख गर्दै अधिकारीले खेलकुदमार्फत् नेपाललाई विश्वमा चिनाउन थप सहयोग पुग्ने बताए । मुवाथाइ खेललाई थप परिस्कृत गर्दै विद्यालयस्तरमा पुर्याउनु पर्ने खाँचो रहेको उनले सो अवसरमा औंल्याए ।
थाइल्यान्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाथाइ विश्वव्यापी बनेसँगै युवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाए । प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले आफ्नै पहलमा उक्त समर क्याम्प आयोजना गरेका थिए । जहाँ उनले निशुल्क प्रशिक्षणसँगै सहभागीहरुलाई निशुल्क खेल पोसाकलगायतका सामग्रीहरु समेत वितरण गरेका थिए ।
समर क्याम्पन अन्तर्गत मुवाथाइ खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’ का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । विभिन्न विद्यालयका १ सय जना भन्दा बढी सहभागी समर क्याम्पमा मुवाथाइ खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।
साथै समापनका अबसरमा सहभागीहरुले प्रदर्शनी खेलहरु समेत देखाएका थिए । समर क्याम्प अन्तर्गत सहभागीहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०