आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
Brahma Kumari Photo

पोखरा । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी निर्देशक राजयोगिनी ब्रह्मकुमारी परिणिताले आध्यात्मिक ज्ञानले जीवन नैतिकवान् बनाउने बताएकी छन् ।

ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालय क्षेत्रीय कार्यालयले आयोजना गरेको स्नेह मीलन एवं परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान् र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने उनले बताइन् ।

मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहंकारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा विश्वविद्यालयका महासचिव शैलेशराज बरालले जीवन र जगतलाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने बताए ।

आध्यात्मक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील विश्वविद्यालयले विश्वभर १ सय ५० भन्दा बढि देशमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा १० हजारभन्दा शाखा रहेको उनले बताए । नेपालभर एक हजार ५ सय शाखा/उपशाखा विस्तार गरेको जानकारी दिए । कास्कीमा २७ शाखा/उपशाखा रहेकोमा पोखरामा मात्र २२ शाखा/उपशाखा र ६० भन्दा बढी पाठशाला भएको जानकारी दिए ।

सोही कार्यक्रममा राजयोगी चित्राञ्जन भाइले ‘पिस अफ माइन्ड’ च्यानलबाट ब्रह्मकुमारीका बारेमा प्रचारप्रसार गरिरहेको जानकारी दिए । यस अन्तर्गत नयाँ विचार नया जीवन र नयाँ दिग्दर्शन कार्यक्रम प्रशारण भइरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width