रेशम चौधरीसहित ५०१ लाई आम माफी

आदर्श समाज सम्वाददाता
जेठ १४, २०८०
resham-chaudhary

काठमाडौं । रेशम चौधरीसहित ५ सय १ जनाको बाँकी सजाय माफी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले १९ जना ‘राजबन्दी’ र अन्य ४ सय ८२ जनालाई आममाफी दिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरेका हुन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् । आइतबारमात्रै मन्त्रिरिषद्को बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो ।

दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

तथापि, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा (४) क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दाका कसुरदारलाई सजाय माफी गर्ने, मुल्तवीमा राख्ने, परिवर्तन गर्ने वा कम कारबाही गर्न सकिने छैन भनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width