वडामार्फत् भूमि सेवा दिने तयारी

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
malpot

हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ हाल कार्य अगाडि बढिरहेको जनाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशअन्तर्गतका मालपोत कार्यालयका कर्मचारीका लागि प्रदान गरिएको क्षमता विकास प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सो कुरा बताएका हुन् ।
उनले वित्तीय संस्थाले सेयर खरिदबिक्री गरेजस्तै भूमिको पनि खरिदबिक्री गर्ने गरी भू–बजार सञ्चालन गर्ने सोचमा मन्त्रालय रहेको स्पष्ट पारे । सचिव डा. रेग्मीले कानुनको परिधिभित्र रही छिटो परिपक्व सेवा दिन कर्मचारीलाई निर्देशन दिँदै राम्रा काम गर्ने कर्मचारीको पक्षमा मन्त्रालय रहेको उल्लेख गरे । आगामी प्रशिक्षणमा नापी कार्यालय एवं गुठी संस्थानलाई पनि समेट्न उनले सुझाव दिए ।
विभागका महानिर्देशक पद्मनिधि सोतीले सबैको प्रयासमा मालपोत कार्यालयलाई सदाचारयुक्त संस्थाका रुपमा स्थापित गराउनुपर्ने स्पष्ट पार्दै त्यसका लागि सर्वप्रथम कर्मचारीले नै आफ्नो व्यवहार सुधार्नुपर्ने आवश्यकता औँल्याए । उनले भूमि व्यवस्थामा प्रयोग गरिँदै आएका कतिपय बैंकिङ रसिद झुठो ठहर भएकोमा सचेत गराउँदै कतिपय मालपोत कार्यालयमा कागजात जोगाउन नै समस्या भइरहेको जनाए ।
राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलले प्रशिक्षणसँगै केही बुझ्ने मौका पाएकोमा विभाग र मन्त्रालयप्रति आभार प्रकट गर्दै प्रशिक्षणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
विभागका निर्देशकद्वय रोशनशंकर घिमिरे तथा निर्माणकुमार कार्कीले कतिपय अवस्थामा मालपोतमा जागिर खान्छु भनेर जनतासँग ढुक्कसँग भन्न सक्ने अवस्था नबनेको भन्दै जनतालाई मिठो मुस्कानसहित सेवा दिन कर्मचारी तयार रहनुपर्ने धारणा राखे ।
सहभागीको तर्फबाट तनहुँका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयलाई सुझाव दिँदै मालपोत व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गर्न आग्रह गरे ।
कार्यक्रमका बीच जिल्लास्थित प्रमुख मालपोत अधिकृतहरुले जिल्लाको समग्र भू अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे ।
उनीहरुले मालपोत कार्यालयले कतिपय अवस्थामा नापी कार्यालयको भारी बोक्नु परेको, भू सेवाका सबै पक्षहरु मालपोत कार्यालयमार्फत् गर्दा भद्रगोल भएको, जग्गाको मूल्यांकनमा समस्या रहेको तामेलीका कागजातलाई सुरक्षा गर्न प्राविधिक हिसाबले गाह्रो परेकोलगायत गुनासो राखे ।
विभागका महानिर्देशक सोतीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विभागका निर्देशक कार्कीले गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • साहस सहकारीको दोस्रो साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। साहस बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर क्षत्रीको सभापतित्व एवम् पोखरा महानगरपालिका…
  • कोलपाटन सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । कोलपाटन बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा शनिबार भएको छ । कार्यक्रम पोखरा महानगरपालिका सहकारी…
  • चापापानी सिद्वार्थ सहकारीमा दीपक

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाँचौ अधिवेशनले…
  • गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८० वैशाखमा नियुक्त भएका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले ६० दिनभित्रै सम्पत्ति…

hero news full width