नेपाली सेनाले गरेको विपद अभ्यास
पोखरा । यस वर्षको बर्खा सुरु हुन लागिसकेको छ । बर्खा सुरु हुन लाग्दा मौषमजन्य घटनाको जोखिम पनि उत्तिकै हुने गर्छ । नेपालमा अबको २ सातामा मनसुन भित्रिने छ ।
यसैबीच, चालु आवको वैशाखसम्म विभिन्न खालका विपत्मा परी १ सय १७ जना मानिसले ज्यान गुमाए । अघिल्लो आवको तुलनामा यस वर्षको १० महिनामै विपत्मा परी मृत्यु हुनेको संख्या बढेको हो । यस्तै, यस अवधिमा १ सय ९ जना घाइते भएका छन् ।
विपत्का प्रकारमध्ये सबैभन्दा बढी ‘अन्य’ घटनामा ८७ जनाको मृत्यु भयो । यो भनेको गत १ माघमा पोखरामा भएको यती एअर दुर्घटना प्रमुख कारण थियो । ७२ जनाको एकै चिहान भएको सो अकल्पनीय हवाई दुर्घटनाका कारण यस वर्ष विपत्का घटनामा परी मानवीय क्षति अघिल्ला आवको तुलनामा बढी छ । यस अवधिमा मृत्यु हुने १ सय १७ मध्ये ७० पुरुष र ४७ महिला हुन् । यस्तै ७१ पुरुष र ३८ महिला गरी १ सय ९ जना घाइते भएका हुन् ।
आगलागीका घटनामा ११ जना, लेक लागेर ८ जना र पहिरोमा परी ८ जनाको ज्यान गयो । लेक लागेर सबैभन्दा बढी घाइते भए । चालु आवको वैशाख मसान्तसम्म लेक लागेर ४८ जना घाइते भए छन् । तीमध्ये २७ पुरुष र २१ महिला छन् । आगलागीमा २० जना घाइते भएकोमा १४ पुरुष छन् । यस वर्ष विपत्का घटनामा कोही पनि बेपत्ता भने भएनन् ।
विपत्का कुल ५ सय ८१ घटनामा सबैभन्दा बढी २ सय १ घटना आलगागीका भए । खासमा बाढी, पहिरो र अविरल वर्षा मनसुनजन्य घटनाअन्तर्गत पर्छन् । त्यस बाहेक आगलागी, चट्याङ, हावाहुरी, हिउँपहिरो, लेक लाग्नु, जनावर आक्रमण, भूकम्प लगायत विपत्जन्य घटना हुन् । आगलागीपछि पहिरोका घटना १ सय ८१ वटा भए । बाढीका ५२ घटना भए ।
चालु आवको वैशाखसम्म विपत्कै कारण ३० करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मानवीय क्षतिका अलावा चौपायाँ क्षति पनि यस वर्ष बढी भयो । १० महिनामा १ सय ८५ चौपाया मरेका छन् भने २४ वटा घाइते भए । १ हजार ४ सय ७२ पंक्षी मरे ।
विपत्का कारण ९७ घरमा पूरै क्षति पुग्दा २ सय १८ घरमा आंशिक क्षति भएको प्रहरी कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ । २३ सवारीसाधनको पूरै क्षति हुँदा १४ गाडीमा आंशिक क्षति पुगेको छ ।
गण्डकी प्रदेशमा विपत्का घटनामा सामान्यत बर्सेनि सरदर सय जना मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । १ सयदेखि २ सय जना मानिस घाइते हुने गरेका छन् । अकल्पनीयरुपमा आउने विपत्का कारण मानवीय क्षति त छँदैछ, भौतिक क्षति पनि उत्तिकै भएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा गत आव २०७८÷७९ मा ८९ जनाले ज्यान गुमाउँदा २ सय १३ जना घाइते भएका थिए । विपत्जन्य ७ सय २५ घटनामा बाढीपहिरोका मात्रै २ सय ४७ घटना थिए । बाढीपहिरोमा परी २७ जनाको मृत्यु भएको थियो । बाढीपहिरोपछि दोस्रो थियो, चट्याङ । चट्याङबाट त्यसबेला १० जनाको मृत्यु तथा २७ जना घाइते भएका थिए । आगलागीका २ सय २ घटनामा ५ जनाको मृत्यु हुँदा २२ घाइते हुन पुगे । त्यस वर्ष कास्कीमा १० जनाको मृत्यु र १८ जना घाइते भएका थिए । सबैभन्दा बढी तनहुँमा १२ जनाको मृत्यु र २७ घाइते भएका थिए ।
अघिल्लो आव २०७७/७८ मा विपद्मा परी गण्डकीमा १ सय जनाको ज्यान गएको थियो । २१ जना बेपत्ता हुँदा १ सय ३८ जना घाइते थिए । तीमध्ये बाढीपहिरोमा परी ८१ जनाको ज्यान गयो । मानवीय विपत्तीमध्ये सबैभन्दा बढी बाढीपहिरोमा धेरै जनाले ज्यान गुमाएका हुन् । यस्तै चट्याङबाट १० र आगलागीमा परी ९ जनाको अकालमा मृत्यु भयो । त्यस वर्ष बाढीपहिरोकै कारण सबैभन्दा बढी ७४ मानिस घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
यस वर्ष विपत्का घटना न्यूनीकरणमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सचेत छन् । गत साता उनले प्रदेशभित्रका सबै जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई पोखरा डाँकेर उच्च सतर्क रहन र विपद् प्रतिकार्यमा खटिनका लागि तयारी रहन निर्देशन दिएका थिए । उनले बर्खायाममा सम्भावित बाढीपहिरो तथा प्राकृतिक विपत्को जोखिम न्यूनीकरण गर्न, विपत् भैहाले तत्काल उद्धार र राहतसहित क्षति हुन नदिन सतर्क रहन निर्देशन दिएका हुन् ।
यस्तै, तनहुँको व्यास ५ स्थित कालीभञ्जन गणले आयोजना गरेको अभ्यास गण्डक उद्धार कार्यक्रममा पनि मुख्यमन्त्री सरिक भएका थिए ।
यसैले बर्खायाममा सम्भावित बिपद्बारे सचेतना अपनाउनु तपाई हामी सबैको कर्तव्य हुन्छ । विपत् व्यवस्थापन निकै सकसपूर्ण अवस्था हो । १० वर्षअघि पोखराको सेतीमा आएको सुख्खायामको बाढी होस् वा बर्खायामको पहिरो, बाढी, आगलागी जस्ता बिपद्ले यहाँ ठूलो जनधनको क्षति पु¥याएको इतिहास छ ।
जिल्लास्तरमा जिल्ला विपत् व्यवस्थापन समिति सक्रिय हुन्छ भने स्थानीयस्तर तथा प्रदेशस्तरमा पनि विपत् व्यवस्थापन समिति रहने व्यवस्था छ । प्रदेश विपत् व्यवस्थापन समितिको बैठकले पनि सबै स्थानीय तह र सरोकारवाला सबैलाई मनसुन तयारी योजना बनाउन निर्देशन दिइसकेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
नारी उत्थान समाजसेवा पुरस्कारबाट सुष्मा पौडल सम्मानित
hero news full width
मुख्य समाचार
पोखरामा खटिए नयाँ नगर प्रहरी
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०