लेखनाथमा धिमे बाजा प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
Dhime Baja 02

लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खलः को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले कला संस्कृतिको जर्गेना गरी भावी पुस्तामा हस्तान्तरण गर्न आवश्यकता रहेको औंल्याउँदै तालिममा सिकेका सिपलाईै व्यवहारमा उतार्न आग्रह गरे ।

यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सिकेको सिपलाई निरन्तरता दिंदै संस्कार र संस्कृतिको संरक्षणमा लाग्न सुझाव दिए ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, वडा नं. ३० का सदस्य विनोदकुमार लामिछाने, लेखनाथ नेवा खलः का निवर्तमान अध्यक्ष प्रेम लिगल, नेवा मिसा पुचकी अध्यक्ष संगिता वज्राचार्य, लेखनाथ नेवा खलका द्वितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट पोखरा–३० की स्नेहा श्रेष्ठ लगायतले बोलेका थिए ।

१ महिनासम्म सञ्चालित तालिममा ५० जनाको सहभागीता रहेको थियो भने नेवा ल्याह्म पुच कास्कीका अध्यक्ष मधुसुदन जोशीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

संस्थाका अध्यक्ष अर्जुनकुमार ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भैरवलाल श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यजी महाराज (श्रीमुक्तिनाथबाबा) सम्मानित भएका छन् ।…
  • लामाचौर तीज महोत्सवमा स्रष्टा सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं लामाचौर तीज महोत्सव सोमबार सकिएको छ । महोत्सव समापन गर्दै श्रम,…
  • बाटुलेचौरमा ऐतिहासिक तीज मेला सम्पन्र

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । तीज अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला भएको छ । मेलामा आमन्त्रित १६ महिला समूहले तीज गीत तथा…
  • भण्डाढिकमा तेज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    लेखनाथ । भण्डारढिकको को प्रस्तावित रंशालामा बुधबारदेखि तीज मेला सुरु भएको छ । असोज १ सम्म चल्ने मेला भण्डारढिक टोल…
  • स्वामी रमणानन्द अभिनन्दित

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    पोखरा । महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीजी महाराजलाई पोखरामा अभिनन्दन गरिएको छ ।…

hero news full width