तस्बिर : परिचय
पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेका काम शनिबार सार्वजनिक गरेको छ ।
वडा कार्यालयले एक वर्षको प्रगति सार्वजनिकसँगै आगामी वर्षका लागि वडावासीबाट राय, सल्लाह र सुझाव पनि संकलन पनि गरेको थियो । वडाध्यक्ष बरालले कार्यभार सम्हालेपछि सेवा प्रवाहसँगै सिपमूलक तालिममा जोड दिएको बताए । ‘हामीले कोसँग के सिप छ त्यहींअनुसार बजारमा समन्वय गरेका छौं’, वडाध्यक्ष बरालले भने । सिपमूलक तालिमअन्र्तगत कफी बनाउने बारिस्ता तालिम, एसइई दिएर बसेका विद्यार्थीका लागि लक्षित गर्दै कम्युटर तालिम र कपाल काट्ने तालिम सञ्चालन भइरहेको उनले बताए । वडाले सिपलाई बजारसम्म पु¥याउन रोजगार मेला पनि गरेको कार्य प्रगतिमा समेटिएको छ ।
बरालले चुनौतीलाई डटेर सामना गर्ने साहस र वडा विकासका लागि साझा अभिभारा आफ्नो काँधमा आएको अनुभूति गरेको बताए । यो १ वर्षमा निर्वाचनको बेला आफूले गरेका वाचा पूरा गर्नलाई कुनै काम बाँकी नराखेको वडाध्यक्ष बरालले बताए । उनले काम गर्ने गतिमा बाँकी ४ वर्षमा पनि ब्रेक नलाग्ने बताए ।
वडा कार्यालयले सडक सुरक्षाका लागि वडाले चोक चोकमा सिसि क्यामेरा जडान गरेको छ । भौतिक पूर्वाधारतर्फ दाद्रदेखि छापाचौतारीसम्म सडक कालोपत्रे, काहुँखोला पैरोपानी आर्वा सडक कालोपत्रे, महाप्रभुधाममा हाइमाक्स लाइट जडान, खामघले सडक स्तरोन्नति, काहुँखोला करिडोर निर्माणलगायत काम भएको जनाएको छ ।
वडाका ५ हजार घरधुरीलाई कागतीका बिरुवा वितरण गरेको वडाध्यक्ष बरालले बताए । वडाले विद्यालयमा स्वास्थ्य शिविरसँगै वडाबासीको निशुल्क स्वास्थ्य परीक्षण, ४ सय महिलाको पाठेघर परीक्षण, वडामा आउने सेवाग्राहीलाई सेवासँगै स्वास्थ्य जाँच, कृषि प्रदर्शनी, किसानलाई अनुदान वितरण गरेको छ । यो अवधिमा डुबानबाट रोक्न कमलपोखरीसँगै काँहुखोला घट्टेखोला सरसफाइ गरेको उनले सुनाए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०