पुल निर्माणमा ढिलाइः बहाना खोज्दै, म्याद थप्दै

कविराज खनाल
जेठ १३, २०८०
bridge (1)

लेखनाथ । कास्कीका अधिक निर्माणाधीन पुलहरू ठेकेदारले बहाना बनाउँदै काम ढिला गर्ने र सरकार म्याद थप्ने गरेको स्थानीयवासीको गुनासो रहेको छ । पोखराका वडा नंं २९, ३० र ३३ मुसे टुडा पावरहाउस स्थित निर्माणधीन सेती नदीमाथिको पुलको अवस्था पनि यस्तै छ ।

२०७६ पुस ६ मा सम्पन्न भइसक्ने गरी २०७४ साल असार ७ मा सम्झौता भएको भए पनि हालसम्म ६० प्रतिशतमात्र मात्र काम सकिएको छ ।
निर्माण सामग्रीको अभाव, क्रसर उद्योग बन्द हुनु, रड, सिमेन्टको अभाव, सरकारको निर्णय करेर बस्नुपर्ने बाध्याता, वर्षामा नदीको पानीको बहाव, कोरोना महामारी, कामदार अभाव आदि समस्या रहेको पुल निर्माण कम्पनीका ठेकेदार दिवस उप्रेतीले बताए । अधिक पुल निर्माणमा बहाना बनाउँदै, म्याद थप्दै, अभाव र दबाबमा निर्माण गर्नुपरेको ठेकेदार उप्रेती बताउँछन् ।

आगामी चैत मसान्तसम्म कुनै कुराको अभाव र दबाब नभए काम पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाइएको इन्जिनियर आसिक रिजाल बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १६ करोड ५९ लाख लागतमा पुल निर्माणाधीन छ । पुलको लम्बाइ १ सय २० मिटर र चौडाइ ११ मिटर रहेको छ । भारवहन क्षमता सय टनको हुनेछ ।

पुल निर्माण सरोकार समितिका अध्यक्ष विश्वमोहन पौडेलले तोकिएको समयभित्र सम्पन्न भएको भए बागमारा भञ्ज्याङ क्षेत्रको विकास हुने बताउँछन् ।
पुल निर्माण सरोकार समितिका सदस्य प्रेमराज बसौलाले पुल नजिकै झोलुंगे पुलबाट हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताए ।

पुल निर्माण भए स्थानीयमा आशा जगाउने र स्थानीयवासीको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पु¥याउन सहज हुने र यस क्षेत्रको विकास हुने स्थानीय समाजसेवी विष्णुबहादुर भुजेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width