जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
3 party meeting

काठमाडौं ।  पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति प्रमुख तीन दलबीच भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो ।

जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी हुनुहुन्थ्यो ।  रासस

Related News

सम्बन्धित समाचार

  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।…
  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन्…
  • फेदीखोलामा ‘नवीन राप्रपा’

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘नवीन राप्रपा’ अभियान स्याङ्जाको फेदीखोला गाउँपालिकामा सुरुआत गरिएको छ । सोही अनुसार शनिबार फेदीखोलामा राप्रपाको विस्तारित…
  • ‘दोष संविधानको हैन, सरकारको’

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । लामो रस्साकस्सीपछि संविधानसभाबाट संविधान बन्यो । संविधान कार्यान्वयन भएको पनि ८ वर्ष पूरा भयो । नागरिकका हक सुरक्षित…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…

hero news full width