पोखरा । आदर्श समाजकर्मीद्वय विजय नेपाल र धनबहादुर गुरुङ सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उनीहरु सम्मानित भएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमका क्रममा विजय लुम्बिनी मधेश प्रदेशतर्फ तथा धनबहादुरले गण्डकी प्रदेशतर्फको उक्त पुरस्कार प्राप्त गरेका हुन् । उनीहरु दुवैले जनही २५ हजार नगद तथा सम्मानपत्र प्राप्त गरे ।
त्यसैगरी, सिताराम कोइरालाले खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरे । उनले नगद ५० हजार तथा सम्मानपत्र प्राप्त गरे ।
प्रदेशतर्फ नै कोशी प्रदेशबाट अर्जुनकुमार सुवेदी, मधेशबाट सञ्जीवकुमार साह, बागमती प्रदेशतर्फ सुवास विडारी, लुम्बिनी प्रदेशतर्फ विजय नेपाल, कर्णाली प्रदेशतर्फ ललितबहादुर बुढा, सुदूरपश्चिम प्रदेशतर्फ पूर्णबहादुर खड्कासहित महिलातर्फ ज्योति कटुवाल तथा दलिततर्फ दीपक परियार पुरस्कृत भए । परियार पोखराबाट कान्तिपुरका लागि लेख्छन् ।
यसबीच, उसु खेलाडीद्वय विश्वबुढा मगर र मिना ग्लान, तेक्वान्दो खेलाडीहरू गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल, पारा खेलाडीतर्फ बास्केटबलका रामबहादुर तामाङ, प्रशिक्षकतर्फ कराँतेका तारा श्रेष्ठ गुरुङ, निर्णायकर रेफ्रीतर्फ तेक्वान्दोका दिपेन्द्र ढकाल तथा खेल चिकित्सकतर्फ प्रा। डा। नवीस मान सिंह प्रधान पनि सम्मानित भए । उनीहरूले जनही १ लाख नगद तथा सम्मानपत्र प्राप्त गरे ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार वितरण गरे । पुरस्कार वितरण कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठ तथा कुमारप्रसाद दहालको पनि सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०