उवा संघको टेलिफोनमा दुर्गा प्रसाईं ?

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८०
Truealler

स्याङ्जा । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको ल्यान्डलाइन फोन नम्बर ०६३–४२४१२१ हो । नेपाल टेलिकममार्फत जहिलेदेखि स्याङ्जामा ल्यान्डलाइन फोन सेट वितरण कार्य सुरु भयो, तबदेखि जिल्लाकै सबैभन्दा अग्रणी संस्था उद्योग वाणिज्य संघले पनि सो नम्बर पाएको हो ।

पछिल्लो समय इन्टरनेटको पहुँच बिस्तारसँगै नम्बरका केही अंक परिवर्तन गरिए तापनि यस संस्थाको नम्बर भने उही नै छ । सोही नम्बरबाट मुलुकभरका झण्डै १ सय २५ जिल्ला नगरसहित, व्यक्ति, संघसंस्था, कार्यालयमा सम्पर्क गरिँदै आएको छ । तर, पछिल्ला केही दिनयता, उद्योग वाणिज्य संघको कार्यालयको नाममा रहेको सोही ल्यान्डलाइनको फोन सेटबाट सम्पर्क गर्दा ट्रु कलर प्रयोगकर्ताका नम्बरमा दुर्गा प्रसाईं झापा आउने संघ परिवार के कसरी भयो भनेर अचम्मित भएको अध्यक्ष रवीन्द्रमान श्रेष्ठ बताउँछन् । ट्रु कलर प्रयोग नगर्नेका लागि भने यो समस्या देखिँदैन ।

यस्तो समस्या केही महिनादेखि देखिएको बताउँछन्, संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ । यसबारे उनले नेपाल टेलिकमसँग बुझ्दा संस्थालाई जानकारी नभएको भन्ने जवाफ पाएको बताए । श्रेष्ठले थपे, ‘आजकल यताबाट गरेको फोन पनि साथीहरु उठाउनु हुन्न । टु«कलरमा यस्तो आउने भएर पो हो कि ?’

उद्योग व्यवसायीका हकहितका पक्षमा काम गर्ने उद्देश्यले २०१३ सालमा स्थापित स्याङ्जा उद्योग वाणिज्य संघ जिल्लाकै सबैभन्दा पुरानो संस्था हो । लोकतन्त्रको स्थापनासँगै आमनागरिकलाई सूचना, प्रविधिको उपयोग गर्न पाउने अधिकारबाट सुनिश्चित गराउने उद्देश्यले राज्यद्वारा बिक्रीवितरण गरिएका यस्ता प्रविधिमा देखिएको त्रुटि तत्काल सच्चाउनुपर्ने व्यवसायीले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…
  • पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेका काम शनिबार सार्वजनिक गरेको…
  • पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा २६ का निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालको शनिबार समीक्षा गरेका छन् । २०७९ जेठ १३ गते पदस्थापन…

hero news full width