पोखरा १४ लाई फुटबल उपाधि

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८०
pokhara metro football

पोखरा । पोखरा वडा १४ ले अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा बिहीबार फाइनलमा वडा १५ लाई ४–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै उपाधिसहित १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको हो । उपविजेताले १ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

वडा १४ को जितमा आशीष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोलको योगदान दिए । यामबहादुर म्यान अफ द म्याच घोषित भए । वडा १४ का आशीष कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

वडा १४ का रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

खेलाडीलाई पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोग थियो । प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…
  • ठेलोमा पर्वतको वर्चश्व

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत…
  • कास्की जिल्ला बक्सिङ संघमा सुमन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा। कास्की जिल्ला बक्सिङ संघको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको प्रथम…

hero news full width