पोखरा, ११ जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई पूर्णता दिन निर्देशन दिए ।
पोखरामा मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पूरा गर्ने वातावरण बनाउन निर्देशन दिएका हुन् ।
‘रुग्ण आयोजनाहरुमा हामी निर्मम भएर लाग्नुपर्छ,’ उनले भने, ‘आयोजना होल्ड भइरहने, प्रगति पनि नदेखिने र नयाँ आयोजना पनि थपिने भएकाले रुग्न आयोजनालाई पूर्णता दिन केन्द्रित हुनुपर्छ ।’
कार्यान्वयन हुन सक्ने, हुन नसक्ने र ठेक्का तोड्नुपर्ने आयोजनाहरुको वर्गीकरण गरेर समयतालिका बनाइ लापरबाही गर्ने व्यवसायीलाई कारबाही र ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन निर्देशन दिनए ।
राखिरहँदा फाइदा छैन भन्ने पहिचान भएका आयोजनाको ठेक्का तोडेर अघि नबढ्ने हो भने समस्या समाधान नहुने मन्त्री जुग्जालीको भनाइ थियो । ‘निर्माण व्यवसायीहरुको कही न कही शक्तिकेन्द्रसँग जोडिएकै छन्,’ उनले भने ‘परिणाम ननिस्किने आयोजना हो भने जे प्रेसर आए पनि हामीले आँट गर्नपर्छ । त्यसको सामना गर्न म तपाईहरुको साथमा छु ।’
राम्रो गर्नका लागि अडान लिने र अगाडि बढ्ने बताउदै मन्त्री जुग्जालीले कर्मचारीहरुले पनि निस्वार्थ र निसर्त हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । ‘मैले तपाईंहरुलाई निसर्त र निस्वार्थ हिसाबले काम गर्ने वातावरण बनाउछु,’ उनले भने, ‘आस्थाकै आधारमा फरक व्यवहार कसैलाई हुदैन भन्नेमा स्पष्ट हुनुहोस् ।’
नियतबस मन्त्रालयको कामलाई असफल बनाउन खोज्ने विषय सह्य नहुने मन्त्री जुग्जालीले चेतावनी दिए । ‘राम्रो गर्नेलाई सबै हिसाबले साथ सहयोग हुन्छ,’ उनले भने, ‘वातावरण बनाउदा बनाउँदै पनि कताबाट असफल बनाउने भन्ने हिसाबले व्यवहार र काम देखाउने अनि शक्ति केन्द्र धायो भने मलाई सह्य हुँदैन ।’
प्रदेश सरकारबाट आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयलाई ११ अर्बको बजेटको सिलिङ प्राप्त भएको छ । यसपालि पूराना आयोजनालाई सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गर्ने र नयाँ आयोजनाका लागि पनि बजेटको थ्रेसहोल्ड बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयका सचिव तुलसी भट्टराईले बताए ।
बैठकमा सहभागी कार्यालय प्रमुखहरुले थोरै थोरै बजेटका धेरै आयोजना, दरबन्दी अनुसारका जनशक्तिको अभाव लगायतका कारण समस्या भएको भन्दै आवश्यकता, औचित्यता र प्रभावकारिताका आधारमा प्रदेश सरकारको उपलब्धि देखिने योजनामा बजेट व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०