लागु औषधसहित स्याङ्जाका २ र पोखराका १ युवा पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८०
police

पोखरा । कास्की प्रहरीले लागु औषधसहित ३ जना युवकलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट ३ स्थायी घर भइ हाल पोखराको बुद्धचोक बस्ने ३२ वर्षीय अनिल खत्री, वालिङ ८ स्थायी घर भइ हाल पोखराको सिर्जनाचोक बस्ने २७ वर्षीय सुवास काफ्ले र पोखराको अमरसिंहचोक बस्ने ३२ वर्षीय सुदीप गुरुङ छन् ।

वडा प्रहरी कार्यालय रामबजार र लागु औषध नियन्त्रण व्युरो पोखराबाट बुधबार खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखराको बुद्धचोकबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागु औषध डाइजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी कुल ८३ एम्पुल लागु औषध फेला परेको जनाएको छ । उनीलाई कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width