पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८०
yts

पोखरा । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा (एमयुएन) शुक्रबारबाट सुरु हुँदैछ । २ दिनसम्म चल्ने पोखरा एमयुएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका १ सय २० जना सहभागी हुने उल्लेख छ ।

संस्थाका अध्यक्ष रिजन ढुंगानाले कार्यक्रममा सहभागी हुने डेलिगेट र भेन्युका सम्पूर्ण काम शुक्रबार नै पूरा भएको बताए । शुक्रबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रम १४ गतेसम्म चल्ने ढुंगानाको भनाइ छ । ‘देशभरका १५ जिल्लाबाट १ सय २० जना डेलिगेट कार्यक्रम सहभागी हुँदै हुनुहुन्छ,’ ढुंगानाले भने, ‘नमुना महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।’

विश्वले नमुना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ ? यसको तयारी कसरी गर्ने लगायत विषयमा महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । सहभागीहरुले ३ विषयमा केन्द्रित भएर महासभामा सहभागी हुनुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । उनका अनुसार महासभाका डेलिगेटले आर्थिक मन्दी, फर्जी औषधीका कारण बढ्दै गएको खतराहरु र इ–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा पनि जान्न सकिन्छ ।

सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्नेछन् । उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछ । यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगानाको भनाइ छ ।

मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्र संघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरुले संयुक्त राष्ट्र संघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्छन सक्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • प्रेस चौतारी कास्कीको साधारणसभा

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा।  प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारको काम तथ्यको आधारमा सत्य स्थापित गर्ने हो भनेका छन् । प्रेस…
  • चालक तथा सहचालकलाई प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । पर्यटक यातायात सेवालाई…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा नयाँ…
  • टोल विकास संस्था समन्वयमा उत्तम जोशी

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । टोलविकास संस्था समन्वय समिति पोखरा ९ मा शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा नयाँ समिति गठन…
  • कांग्रेस नेतृ गंगा केसीको निधन

    आदर्श समाज सम्वाददाता जेठ १९, २०८०
    पोखरा । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि महिला नेतृ गंगा केसीको निधन भएको छ । ७४ वर्षे केसीको बिहीबार बेलुका…

hero news full width

trending post

ट्रेन्डिङ्ग