पोखरा । अन्तर्राष्ट्रिय गणित सम्मेलन बिहीबार पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सम्मेलन उदघाटन गरे । नेपाल गणित समाज, गणित केन्द्रिय विभाग त्रिवि, गणित विभाग काठमाण्डौ विश्वविद्यालय र एसोसियसन अफ नेपालिज म्याथ्मेटिसियन इन अमेरिका ( आन्मा)ले संयुक्तरूपमा ४ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेका हुन् ।
पोखरा विश्वविद्यालयका उपकूलपति प्राडा प्रेमनारायण अर्याल, आन्माका प्रेसिडेण्ट रामचन्द्र काफ्ले, नेपाल गणित समाजका सभापति प्राडा नारायणप्रसाद पहारी, लगायतका वक्ताहरूले सम्बोधन गरेको उदघाटनसत्रमा कन्भेनर डा श्रीराम खड्काले स्वागत तथा अर्का कन्भेनर प्रा डा गोकर्ण अर्यालले सञ्चालन गरेका थिए ।
विश्वभरका २१ देशका गरी झण्डै १ सय साठी भन्दा बढी रिसर्च पेपरहरू प्रस्तुत हुने उक्त कन्फरेन्समा चारवटा समानान्तर सेसन रहनेछन् ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले गणित सबै ज्ञानको महाज्ञान रहेकाे बताए । परापूर्व कालदेखि गणितलाई एक उच्च प्रतिष्ठित विषयका रूपमा हेरिएको भन्दै उनले यसलाई विज्ञानको कला भनिने बताए । उनले भने, हाम्रो संस्कृति र धर्ममा गणितको ठूलो प्रयोग छ। बैदिक गणित र ज्योतिष गणितीय दर्शनका जग हुन्। तर, अहिले यस्ता विषयप्रतिको चासो क्रमशः घट्दै गएको छ विश्व भर नै | भनिन्छ, विद्यार्थीहरू गणित पढ्न खासै अभिप्रेरित हुन्नन् |
यस्ता अनुसन्धान गतिविधि र अनुसन्धान प्रस्तुतिहरूद्वारा आफ्नो विषयको क्षेत्र, रुची र दायरा बढाउनु पनि गणितज्ञहरूको कर्तव्य रहेकाे मुख्यमन्त्रीले बताए । यो अन्तर्राष्ट्रिय सम्मेलन गणित र तिनीहरूसँग सम्बन्धित क्षेत्रहरूमा नयाँ आविष्कारहरूको लागि उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनको आदर्श वाक्यमा गणितका प्रयोगहरू समावेश भएकाले यसले हाम्रो दैनिक जीवनमा भएका विभिन्न समस्याहरू समाधान गर्न सघाउने छ | समाजलाई पनि लाभ हुनेछ।
विश्वभरका २१ देशका गरी झण्डै १ सय साठी भन्दा बढी रिसर्च पेपरहरू प्रस्तुत हुने उक्त कन्फरेन्समा चारवटा समानान्तर सेसन रहनेछन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०