स्याङ्जा । मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रह गर्दे मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रिपरिषद कार्यालयलाई ज्ञापनपत्र बुझाइएको हो ।
संस्थाका सभापति हरिप्रसाद रेग्मीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सूक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरु जोकोही भए पनि कानुनसम्मत कारबाही सुनिश्चित गरी सुशासनको प्रत्याभूतिसहित आर्थिक पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गरिएको छ ।
मानवअधिकारकर्मी सहितको टोलीले बुझाएको सो ज्ञापनपत्र बुझेपछि प्रजिअ घिमिरेले ज्ञापनपत्र सम्बन्धित निकायमा तत्काल प्रेषित गर्ने जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०